विराटनगर, साउन ३१
अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालय अघि सडकमा ट्राइसाइकल सहित धर्नामा बसेका थिए । भारतको जोगबनीबाट सामान ल्याएर गुजारा चलाउदा पनि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आफूहरुलाई रोजगारी दिन माग गर्दे धर्नामा बसेको मोहम्द कलामले बताए ।
सरकारले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको प्रकार हेरेर भत्ता उपलब्ध गराए पनि त्यो भत्ताले जिवीकोपार्जन हुन नसक्ने भन्दै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।
जामका कारण केहीबेर सडक अबरुद्ध अबरुद्ध भएको थियो । सडक जाम गर्नुको साटो अन्य विकल्प अपनाएर आफ्ना माग राख्न भन्दै ट्राफिक प्रहरीले जाम खुलाएको थियो ।