स्पेनिस लिगका खेल स्पेनबाहिर पनि हुनसक्ने

स्पेनिस लिगका खेल स्पेनबाहिर पनि हुनसक्ने

एजेन्सी, भदौ २
स्पेनिस लिगको नियमति सिजनको खेल संयुक्त राज्य अमेरिकामा हुनसक्ने भएको छ । उत्तर अमेरिकामा फुटबल विकासको निम्ति खेलकुद र मनोरञ्जन समुहसंग सहकार्यको १५ बर्षको उपलक्ष्यमा सो खेल हुने भएको लिगाले बताएको हो ।

घरेलु लिग विदेशी भूमिमा संचालन हुने वा नहुने बिषयमा निर्णयभने फिफाले दिने भएपनि युएस स्क्करको बिहीबार बसेको बैठकमा आफ्नो भूमिमा बिदेशी लिग संचालन गर्न अनुमति दिने बिषयमा चर्चा भएको थियो।

स्पेनका खेलाडीहरुको संघले भने खेलाडीको धारणा सोध्नुअघि नै लिगलाई सारिएको र त्यो खेलाडी साथसाथै स्पेनका समर्थकलाई नै बेफाइदा भएको बन्दै बिरोध गरेको थियो। गत वर्षका लिगका केही खेलहरुपनि चाइनामा गराउन सकिने प्रमुख टेबसले बताएका थिए ।

लिगाले बताएअनुसार भने यस प्रयासले उत्तर अमेरिका र क्यानाडामा लिगको नाम अझ बढ्ने जनाएको छ। एक दशक अघि प्रिमियर लिगका टोलीले आफ्नो ३९औ खेल बिदेशी भूमिमा खेल्ने प्रयास गरिएपनि फ्यानको बिरोध र फिफाको बन्देजका कारण सो प्रयास सफल भएको थिएन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.