युक्रेनलाई थप परिष्कृत हतियार दिने निर्णयले आगोमा घ्यू थपेको रुसको प्रतिक्रिया

युक्रेनलाई थप परिष्कृत हतियार दिने निर्णयले आगोमा घ्यू थपेको रुसको प्रतिक्रिया

१९ जेष्ठ, एजेन्सी । पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अत्याधुनिक हतियार उपलब्ध गराउने पुष्टि गरेपछि रुसको पछिल्लो प्रतिक्रिया आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्रमेलिनका प्रवक्ता दिमित्री पेश्कोभले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको वाचालाई अस्वीकार गरेका छन् ।

यसैबीच पूर्वी युक्रेनको रणनीतिक सहर सेभेरोडोनेट्स्कका क्षेत्रीय गभर्नरले अब सहरको झन्डै २० प्रतिशत भू–भाग मात्र आफ्नो पकडमा रहेको जनाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.