एजेन्सी, भदौ ३
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले को कप्तानी एन्टोनियो भ्यालेन्सियालाई दिएका छन् । चोटबाट मैदान फर्केसँग उनले कप्तानी सम्हाल्नेछन् । यद्यपि उनी टिममा फर्कने मिति भने तोकिएको छैन् ।
भ्यालेन्सिया मैदानमा नफर्कीएसम्म युनाइटेडको कप्तानी पल पोग्बाले सम्हाल्ने प्रशिक्षक मोउरिन्होले जनाएका छन् । गत शुक्रबार लेस्टर सिटीसँग भएको खेलमा पोग्बाले युनाइटेडको कप्तानी सम्हालेका थिए । पोग्बाको कप्तानीमा रहेको युनाइटेडले लेस्टरलाई २–१ ले पराजित गरेको थियो ।
३३ वर्षीय भ्यालेन्सिया नौ वर्षअघि विगन एथलेटिकबाट युनाइटेडमा अनुबन्धित भएका थिए । उनले युनाइटेडबाट प्रिमियर लिगका २३५ खेल खेलेका छन् । प्रिसिजनको खेल दौरान उनी चोट ग्रस्त भएका थिए ।