Nepal Times
Nepal Times
3
Shares

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

राजविराज, १० मंसिर  ः स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.