मालपोत कार्यालय विराटनगरद्धारा ६० करोड बढी राजश्व संकलन

मालपोत कार्यालय विराटनगरद्धारा ६० करोड बढी राजश्व संकलन

किशोर विश्वकर्मा
विराटनगर, भदौ ७
मालपोत कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा ६० करोड रुपैयाँ भन्दा बढी रजश्व संकलन गरेको छ । कार्यालयका अनुसार घर जग्गा रजिस्ट्रेसन दस्तुर मार्फत मात्र ५५ करोड १४ लाख १ सय ५२ रुपैयाँ रजश्व संकलन गरेको हो ।

कार्यालयका मालपोत अधिकृत जितेन्द्रलाल श्रेष्ठका अनुसार सो अबधिमा दृष्टि बन्धक÷जरिवाना÷ नामसारी दाखा मार्फत ५ करोड ४० लाख ६८ हजार ५ सय ८ रुपैयाँ राजश्व संकलन गरेको हो ।

त्यस्तै पुर्जा बिक्रीबाट ४ लाख ८१ हजार ३ सय २५ रुपैयाँ, रोक्का दस्तुर वापत १० लाख २ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन गरेको मालपोत अधिकृत श्रेष्ठले जानकारी दिए । उनले आर्थिक वर्ष २०७४/०७५ मा मात्र २८ हजार २ सय ८८ घर जग्गा रजिष्ट्रेसन पास भएको समेत जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.