एजेन्सी, भदौ ८
रियल पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयासरत रहेको खुलेको छ । सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एमबाप्पेलाई अनुबन्ध गर्न रियल कसरतमा जुटेको छ । यस अवस्थामा पिएसजीले आर्थिक फेयर–प्लेको उलंघन गरेको आरोप रियलका लागि सहयोगी हुने सम्भावना बढेको छ । फ्रान्सेली पक्ष सोमबारसम्म एमबाप्पेलाई अनुबन्ध गर्दा खर्चेको १६० मिलियन पाउण्डको जोहो गर्ने विकल्प खोजिमा रहेको थियो । उनी गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका थिए ।
युईएफएले अगस्ट ३० सम्म पिएसजीको एफएफपी स्थीतीको समाधान गरि सक्नु पर्ने बताएको छ । यदि पीएसजीले नियम पालना नगरेको खण्डमा एमबाप्पेलाई अनुबन्ध गर्न असमर्थ हुने बताइएको छ । जसरी अहिले पिएसजी आफ्नो फाइदाका लागि एमबाप्पे अनुबन्ध गर्न हतारमा छ त्यसरीनै अनुबन्ध गर्न नसके बेच्नका लागि बाध्य हुनेछ ।
रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै एमबाप्पेलाई अनुबन्ध गर्न तयार रहेका छन् । यदी रियलसँग उनलाई अनुबन्ध गर्न २४ घण्टाको समय मात्र भएपनि रेकर्ड हस्ताक्षर गर्न सफल हुने बताइएको छ । एमबाप्पे पेरेजलाई मन पर्ने खेलाडी तथा आउने दशकका लागि आफ्नो हमलाको नेतृत्व गर्न सक्ने क्षमता भएको क्लबको बुझाई छ ।
एमबाप्पेले पीएसजीका लागि लिग वनको पहिलो खेलमा दुई गोल गरिसकेका छन् । जबकी गत सिजन उनले २४ खेल खेल्दै १३ गोल र ८ असिष्ट गरेका थिए । फ्रान्सले विश्वकप जित्दा पनि प्रभावशाली प्रदर्शन गरेका एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए । रियलले उनकै लागि हालसम्म रोनाल्डोले छाडेको ७ नम्बर जर्सी बचाएको पनि बुझिएको छ ।