Nepal Times
Nepal Times
3
Shares

पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने

पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने

पहिलो चरण अन्तर्गत आज बिहानदेखि ३२ जिल्लामा सुरू भएको मतदान कार्य सम्पन्न भएको छ ।

उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा चिसोका कारण केही समय ढिलो मतदान सुरू भएतापनि  मतदान कार्य सोचेजस्तै ढंगले सकिएको निर्वाचन आयोगले बताएको छ।

तर हिमाली क्षेत्रमा भने अपेक्षाकृत कम मत खसेको आयोगको भनाइ छ। केही स्थानमा छिटपुट घटना भएतापनि  मतदान कार्य भने शान्तिपूर्ण रूपमा सम्पन्न  भएको आयोगले जनाएको छ।

रुकुमको दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान गरिने भएको छ ।

आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना आधारभूत मतदान केन्द्र ‘क’ प्रतिनिधि सभा र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावी ‘ख’ मतदान केन्द्रमा समानुपातिक तर्फ पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

यसैबीच मतपत्र जलाउने कार्य गरेको भन्दै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कल्पना केसी र केशव खड्का रहेको राईले बताए।

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए।

विकट ठाउँका मतपेटिका भने हेलिकप्टरबाट भोलि मात्र सदमुकाममा ल्याइने बताइएको छ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा  मतदान भएको थियो।

पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका थिए।

दोस्रो चरणको चुनाव मंसिर २१ गते हुनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.