काठमाडौं,भदौ ११
यस वर्षको मदन पुरस्कार योगमाया उपन्यासले पाएको छ ।सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले नीलम कार्की निहारिकाको योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।