×

NEPAL TIMES UPDATES

Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026

क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

१३ माघ २०७९

१३ माघ, एजेन्सी ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ ।

यसअघि सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोक नलगाउने निर्णय गरेको थियो । आईसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका थिए । आइसीसीको यो निर्णयले सनदीप फेरि टिममा फर्किन सक्ने अनुमान गरिएको थियो।

Advertisement
Advertisement

बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेलाई गत हप्ता पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेको थियो। नेपाली क्रिकेटमा सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण रहेको छ। सन्दिपलाई अदालतले पनि क्रिकेट खेल्न रोक नलगाएकाले उनलाई राष्ट्रिय टिममा फर्काउनु पर्ने उनी पक्षीय अधिवक्ताहरुले बताउदै आएका छन् ।

२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो। क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो।

सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो। जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्। उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्।

नेपाली टिमका एक मुख्य खेलाडी सन्दीप नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा रहेका छन् ।

Advertisement

यस्तै किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी पनि बन्द प्रशिक्षणका लागि समेटिएका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top