विराटनगर ः प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमा सचिवको तेस्रो पटक सरुवा भएको छ ।मन्त्रालयका सचिव ज्ञानराज सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका हुन् ।
ललितपुर महानगरपालिका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दहाल सामाजिक विकास मन्त्रालयको तेस्रो सचिवमा सरुवा गरिएका छन् ।
मन्त्रालय गठन भएर काम थालेको ६ महिना भित्रै प्रशासनिक बागडोर सम्हाल्ने सचिवको तेस्रो पटक सरुवा भएको हो ।
प्रदेश सरकारको कुनै पनि मन्त्रालयमा तोकिएको दरबन्दी अनुसार पठाईएका कर्मचारीहरुको स्थायीरुपमा सरुवा हुन सकेको छैन ।प्रदेश सरकारले आफुसँग परामर्श नै नगरी संघिय सरकारले कर्मचारी सरुवा गरिदिएको भन्दै असन्तुष्टि जनाएको बेला प्रदेश १ को सबैभन्दा बढी कार्यक्षेत्र तोकिएको सामाजिक विकास मन्त्रालयका सचिवको आकस्मिक सरुवा भएको हो ।आजको उद्घोष दैनिकमा समाचार छ ।