रोनाल्डोलाई उछिन्दै मोड्रीच बने उत्कृष्ट

रोनाल्डोलाई उछिन्दै मोड्रीच बने उत्कृष्ट

एजेन्सी,भदौ १५
क्रोएसिया तथा रियल मड्रिडका लुका मोड्रीच  युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् । रियलका मिडफिल्डर मोड्रीचले पूर्व टिममेट क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

सन् २०१३ मा फ्रांक रिबेरीले जितेपछि यो अवार्ड लिओनल मेस्सी र रोनाल्डो मध्ये एकले जितेका थिए । तर, मोड्रीचले रोनाल्डो र मेस्सीको दवदबा तोडेका छन् ।

रियलले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्दा मोड्रीच र रोनाल्डो दुबै टिममा थिए । तर, मोड्रीचको कप्तानीमा क्रोएसियाले विश्वकपको फाइनलसम्म यात्रा तय गरेपछि उनी उत्कृष्ट खेलाडीको हकदार बनेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.