×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026

कोरियन कम्पनीले नेपालमा बस र टिभी उत्पादन गर्ने

१४ फाल्गुन २०७९

१४ फागुन,एजेन्सी ।
आर्थिक समृद्धि र विकास पछिल्ला केही वर्षयता राजनीतिक नेतृत्वको आश्वासन र त्यसलाई पछ्याउदै जनताले देखेको एक सपना हो । पछिल्लो समय देशका ठूला राजनीतिक दलहरु बीच देखिएको सत्तालिप्सा र अस्थिर चरित्रबाट जनताको मन भित्र भित्रै कुडिएका बेला निजी क्षेत्रको प्रयासमा जनताको अपेक्षा वमोजिमको सानै भएपनि राहतको खबर संचार भएको छ ।

प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । यो सम्झौता कार्यान्वयन भएमा देशको अस्थिर राजनीतिबाट वाक्क भएका सर्वसाधारणलाई पक्कै पनि खुशी प्रदान गर्नेछ । शनिबार दक्षिण कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रा.लि. र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् । एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितीमा भएको सम्झौता अनुसार करिब तीन अर्ब रुपैयाँको द्धिपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारीसाधन उत्पादन गरिने छ ।

उद्योग स्थापना नेपालको प्रदेश १ भित्रकै उपयुक्त स्थानमा गरिने जानकारी दिँदै एनके मोटर्स प्रा.लि.का अध्यक्ष पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारिसाधनहरु यस कम्पनीले उत्पादन गर्ने बताएका छन् । उनका अनुसार यहि मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि उद्योग स्थापनाका लागि उपयुक्त स्थानको छनौट गरिनेछ भने एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ ।

उनले नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएको भन्दै यसकालागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने बताएका छन् । एसडीके कम्पनीले विश्वका विभिन्न देशहरुमा ठूला सवारीका महत्वपूर्ण पार्टपूर्जाहरु निर्यात गर्दै आएको छ ।

कम्पनीको भल्भो, हुन्डाई तथा डोसान कम्पनीमा प्राविधिक हिसेदारी रहेको छ । नेपालमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५०.८८ प्रतिशतले विद्युतीय सवारी साधान आयात बढेको भन्सार विभागले जनाएको छ । गत वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा आयात भएको थियो ।

चालु आर्थिक वर्ष ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा आयात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३७ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको ३ हजार ८४८ वटा तीन पाग्रें विद्युतिय सवारी साधन आयात भएको छ ।

सय किलोवाटसम्मको ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको १ हजार ७०८ वटा कार, जिप, भ्यान आयात गरिएको हो । यस्तै केही साता अघि मात्रै विश्व बजारकै ठूलो मानिने कोरियाली कम्पनी साम्सुङ इलेक्ट्रोनिक्सले नेपालबाटै आफ्ना सामग्री उत्पादन थाल्ने बताएको थियो ।

आगामी मार्च महिनादेखि नेपालमै स्थापित फ्याक्ट्रीबाट आफ्नो उत्पादन थाल्ने तयारी गरेको छ । सामसुङ कम्पनीको नेपाल कार्यालयका प्रबन्ध निर्देशक पार्क सङ जुनले गएको माघ १७ गते परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई भेट गरी नेपालमै उत्पादन थाल्न लागिएको जानकारी गराएका थिए ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भैरहवामा सामसुङको ‘एसेम्बलिङ फ्याक्ट्री’ स्थापना भएको र मार्चदेखि पहिलो चरणमा सामसुङका टेलिभिजन सेटहरु उत्पादन हुने जानकारी दिएका थिए । कम्पनीले विस्तारै नेपालमा सामसुङका अन्य उत्पादनहरु फ्रिज, वासिङ मेसिनदेखि स्मार्ट फोनहरु पनि उत्पादन गर्ने प्रबन्ध निर्देशक पार्कले बताएका छन् । गोल्छा अर्गनाइजेशनसँग मिलेर सामसुङले सो उद्योग स्थापना गरेको छ ।

भर्खरको समाचार

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

सम्बन्धित खबरहरु

Scroll to Top