एजेन्सी, भदौ १५
युरोपियन फुटबल एसोसियसन ‘युईएफए’ ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । युईएफएले बिहिबार नयाँ सिजनको ड्र सार्वजनिक गरेको हो । समूह चरणको खेल तालिका अनुसार साविकको विजेता रियल मड्रिड सहज समूहमा परेको छ ।
समूह ’जी’ मा रहेको स्पेनिस क्लब रियलले इटालीको रोममा, रुसको सिएसकेए मस्को र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग खेल्नेछ । स्पेनिस बार्सिलोना भने समूह ’बी’ मा परेको छ । बार्सिलोनाले इङ्गिलश क्लब टोटनह्याम, नेदरल्याण्डको पिएसभी र इटालीको इन्टर मिलानसँग खेल्ने छ ।
यस्तै इङलिस क्लब म्यानचेस्टर सिटीले समूह चरणमा शख्तर डोनेस्क, लियोन र होफेनहाइमसँग खेल्दा म्यानचेस्टर युनाइटेडले युभेन्ट्स, भ्यालेन्सिया, योङ ब्वाइजसँग खेल्ने छ । लिभरपुलले पिएसजी, नेपोली र क्रेभेना जभेदासँग खेल्ने छ । समूह चरणको खेलहरु सेप्टेम्बर १८ देखि १२ डिसेम्बरसम्म हुनेछ ।