×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

रुस र इरानसँग मिलेर चीनको युद्धअभ्यास

२ चैत्र २०७९

२ चैत, एजेन्सी ।
इरान र साउदी अरेबियाबीच भएको सम्झौताको धक्काबाट त्रासमा रहेको इजरायललाई अर्काे समाचारले थप चोट पुर्याएको छ । चीन, इरान र रुसले आफ्ना नौसेनाको यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने निर्णय गरेका छन् । यो जानकारी चीनको रक्षा मन्त्रालयले दिएको हो ।

यस अभ्यासलाई ‘सेक्युरिटी बन्ड २०२३’ नाम दिइएको छ । चीनको रक्षा मन्त्रालयले थप जानकारी दिएको छैन। यो अभ्यासमा इरान, रुस र चीनका अलावा पाकिस्तान, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी हुने छन् ।

Advertisement

यो अभ्यासमा अमेरिका तथा पश्चिमाकाृ विपरित कित्तामा रहेका देशहरु समावेश हुनेछन् । यो अभ्यास हुने ठाउँ पर्शियन गल्फको ठीक अगाडि छ। इजरायलले गत महिना इरानलाई आफ्नो ड्रोनले ओमानको तटमा एउटा तेल ट्याङ्करलाई निशाना बनाएको आरोप लगाएको थियो।

इजरायलले यसलाई उत्तेजनाको संज्ञा दिएको छ । चीनको रक्षा मन्त्रालयले यस अभ्यासको उद्देश्य सहभागी देशहरूबीचको आपसी सहयोग अभिवृद्धि गर्नु रहेको जनाएको छ । चीनका अनुसार यो अभ्यासले यस क्षेत्रमा सकारात्मक उर्जा बढाउने छ, जसले शान्ति र स्थिरतालाई बढावा दिनेछ। यो अभ्यास आइतबारसम्म चल्नेछ ।

चीनको तनाव इजरायलसँग मात्र नभई अमेरिकासँग पनि बढ्न सक्ने अनुमान गरिएको छ । चीनले युक्रेनमा रुसले गरिरहेको आक्रमणको आलोचना गर्न अस्वीकार गरेको बेला चीनले यो अभ्यास आयोजना गरेको हो । अमेरिका र उसका सहयोगीहरूले रुसको आलोचना मात्र गर्दैनन्, त्यसमाथि विभिन्न प्रकारका प्रतिबन्धहरू पनि लगाएका छन् ।

यस अभ्यासका लागि चीनबाट गाईडेड मिसाइल डिस्ट्रोयर नानिङ पठाइएको छ । यो विनाशकले समुद्रमा खोज र उद्धार बाहेक अन्य गैर–लडाई अभियानहरू सञ्चालन गर्नेछ। तीन देशले सन् २०१९ मा पनि यस्तो अभ्यास गरेका थिए ।यस क्षेत्रमा चीनको बढ्दो हस्तक्षेपबारे अमेरिका र उसका सहयोगीहरूले सधैं चिन्ता व्यक्त गर्दै आएका छन्।

Advertisement

चीन यस क्षेत्रका देशहरूसँग नजिक हुँदै गइरहेको छ जसमा अमेरिका पाखा लाग्दै आएको छ। गत हप्ता मात्रै चीनका कारण साउदी अरेबिया र इरानबीच सम्झौता भएको थियो । यो सम्झौतापछि दुवै देशले सात वर्षको शत्रुता बिर्सेर एकजुट हुन सहमत भएका छन् । सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या भएपछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको थियो ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top