एसियाकप छनौटमा नेपाल सिंगापुरसँग खेल्दै

एसियाकप छनौटमा नेपाल सिंगापुरसँग खेल्दै

विराटनगर ,भदौ १७
एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बांगीस्थित युकेएम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा सिंगापुरले २८ ओभर खेल्दै ५ विकेटको क्षतीमा ११० रन बनाएको छ ।

अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो ।

नेपाल आइतबार सिंगापुरलाई पनि पराजित गर्दै छनोटको फाइनल खेल्ने सम्भावनालाई थप बलियो बनायने योजनामा हुनेछ । अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । नेपाल र सिंगापुर अहिलेसम्म पाँचपटक आमने सामने भएका छन् । सबै पाँच भेटमा नेपाल विजयी हुन सफल भएको छ ।

आजै हङकङ र ओमानले तथा युएईं र मलेसियाबीच खेल हुँदैछ । छनोटको शीर्ष दुई टिमले फाइनल खेल्नेछ । फाइनलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.