२ जेठ, एजेन्सी ।
लियोनल मेस्सीलाई बार्सिलोना फर्काउने विषयमा क्लब आतुर देखिएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग अन्तिम वर्ष बिताईरहेका मेस्सीलाई क्लबमा फर्काउन बार्सिलोनाले तयारी थालेको हो । क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई फिर्ता ल्याउन सक्दो प्रयास गर्ने प्रतिज्ञा गरेका छन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा आउने समर ट्रान्सफर विन्डोमा मेसीलाई क्लबमा फिर्ता ल्याउन आफूहरुले सक्दो प्रयास गर्ने लापोर्टाले बताएका हुन्। आइतबार राति बार्सिलोनाले सिजन नसकिँदै लालिगाको उपाधि जित्यो।
सो उपाधि जितेपछि जिजेन्टेससँग कुराकानी गर्दै लापोर्टाले भने,”हामी लियो मेसीलाई बार्सिलोनामा फिर्ता ल्याउन सक्दो प्रयास गर्नेछौं।” क्लबका उपाध्यक्ष राफा युस्टेले कारुसेलसँगको कुराकानीमा थ पभनेका छन्,”मेसी? उनी आज ला लिगा उपाधि जितमा खुशी मनाउने धेरै खेलाडीहरुको धेरै राम्रो साथी रहेका छन्। म पक्का छु कि उनी पनि हाम्रो जितमा खुशी छन्। म मेस्सी फर्किएको हेर्न आतुर छु।”
लालिगा उपाधि जितको खुशियाली मनाएपछि अर्को एक अन्तर्वार्ताका क्रममा लापोर्टाले हालसालै आफूले मेसीसँग कुराकानी गरेको जानकारी गराए। मेसी र आफू बीच केहि कुराकानी भएको र आफूहरु मेसीका लागि अन्य क्लबहरुसँग प्रतिष्पर्धा गर्न तयार रहेको लापोर्टाले भनेका छन् । म उनलाई अहिले डिस्टर्ब गर्दिन। हामीले हालै केही सन्देशहरू आदानप्रदान गरेका छौं।
बार्सिलोना मेसीको घर हो र बार्साले साउदी अरेबिया र सबैसँग प्रतिस्पर्धा गर्न सक्छ।”,लापोर्टाले भनेका छन् । मेसी यसै जुनमा ३६ वर्षको उमेर पुग्दैछन् । उनी यस सिजनपछि फ्रि एजेन्ट समेत हुनेछन् । पीएसजीसँगको उनको सम्झौता यसै समरमा सकिदैछ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी अरेबियाले अर्जेन्टिनी स्टारलाई अनुबन्धको प्रस्ताव गरेको छ । मेजर लिग सकर क्लब इन्टर मियामी समेत मेसी अनुबन्धकालागि इच्छुक छ ।