×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अमेरिकाले सार्वजनिक गर्यो आणविक लिष्ट, कति छ आणविक बम ?

२ जेष्ठ २०८०

२ जेठ , एजेन्सी ।
संयुक्त राज्य अमेरिकाले १ हजार ४१९ वटा आणविक बम राखेको तथ्यांक सार्वजनिक गरको छ । मंगलबार अमेरिकी विदेश मन्त्रालयले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (स्टार्ट) सन्धि अन्तर्गत आफ्नो प्रतिबद्धता अनुसार आणविक हतियारको विवरण सार्वजनिक गरेको बताएको हो ।

यो तथ्यांक सार्वजनिक नगर्ने पूरानो निर्णयलाई उल्टाउँदै अमेरिकाले रुसलाई समेत तैनाथ गरिएका आणविक हतियारको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ । “गलत धारणा, गलत आंकलन र गम्भीर परिणाम निम्त्याउने हतियार प्रतिस्पर्धाको सम्भावना कम गर्नका लागि संयुक्त राज्यले आणविक हतियार भएका राष्ट्रहरू बीचको पारदर्शितालाई महत्वपूर्ण रूपमा हेरेको छ,” अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

Advertisement

नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि सन् २०११ मा लागु भएको थियो । सन् २०२१ मा यो सन्धिलाई थप पाँच वर्षका लागि बढाइएको थियो । यसले अमेरिका र रुसले तैनाथ गर्न सक्ने रणनीतिक आणविक हतियारको संख्या, भूमि र पनडुब्बीमा आधारित क्षेप्यास्त्र एवं बमवर्षकलाई नियन्त्रण गर्छ ।

तर, गत फेब्रुअरीमा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सम्झौताबाट आफू बाहिरिने बताएका थिए । अमेरिकाले रूसलाई नयाँ स्टार्ट सन्धिको पूर्ण कार्यान्वयन गर्न र यसमा समावेश भएका सबै स्थिर पारदर्शिता र प्रमाणीकरणमा फर्केर कानुनी रूपमा बाध्यकारी दायित्वको पालना गर्न आह्वान गरेको छ ।

पछिल्लो तथ्यांकले १ हजार ४१९ आणविक वारहेडका साथै अमेरिकासँग ६६२ वटा तैनाथ गरिएका अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम), पनडुब्बीबाट लञ्च गरिने ब्यालिस्टिक मिसाइल (एसएलबीएमएस) र भारी बमवर्षकहरू रहेको देखाएको छ ।

मार्च १ सम्म अमेरिकाले आफूसँग ८०० वटा आईसीबीएम, एसएलबीएमएस र भारी बमवर्षकको लञ्चर अथवा डेलिभरी प्रणाली रहेको बताएको छ । अमेरिका आफूले यो विवरण सार्वजनिक गरेर रुसलाई पनि तथ्यांक सार्वजनिक गर्न एक किसिमको दबाब दिन थालेको देखिन्छ ।

नयाँ स्टार्ट सन्धिले दुवै देशलाई तैनाथ गरिएका आणविक हतियारको संख्या १,५५० र लामो दूरीको मिसाइल एवं बमवर्षकको संख्या सात सयमा सीमित गर्नुपर्ने व्यवस्था गरेको छ । विश्वको ९० प्रतिशत आणविक हतियार अमेरिका र रुससँग छ ।

Advertisement

रूससँग विश्वमा सबैभन्दा धेरै करिब ६ हजार आणविक हतियार रहेको अनुमान छ । विश्वमा रूस, संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स, बेलायत, पाकिस्तान, भारत, इजरायल र उत्तर कोरियासहित नौ देशसँग आणविक हतियार छ । कुल आणविक हतियारको संख्या १२ हजारभन्दा बढी हुनसक्ने आंकलन छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top