×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

T20-Blast: अष्ट्रेलियाका एबोटले हाने ३४ बलमै शतक

१३ जेष्ठ २०८०

१३ जेठ, एजेन्सी ।
अष्ट्रेलिया अलराउन्डर शेन एबोटले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता भिटालिटी ब्लास्टमा ३४ बलमै शतक हानेका छन् । एबोटको शतकको सहयोगमा सरेले केन्टलाई ४१ रनले पराजित गरेको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साम करन कप्तान रहेको सरेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।

उसका लागि शेन एबोटले ४१ बलमा ४ चौका र ११ छक्कासहित १ सय १० रनको नटआउट शतकीय इनिङ खेले । उनले १९ औं ओभरको सुरुवाती दुई बलमा माइकल होगनलाई लगातार दुई छक्का हान्दै ३४ बलमै शतक पूरा गरेका थिए । टि२० क्रिकेटमा सर्वाधिक छिटो क्रिस गेलको नाममा छ ।

Advertisement

गेलले इन्डियन प्रिमियिर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुणे वारियर्सविरुद्ध २०१३ मा ३० बलमै शतक हानेका थिए । २०१८ मा भारतीय घरेलु क्रिकेट प्रतियोगितामा ऋषभ पन्तले दिल्लीबाट ३२ बलमै हिमान्चल प्रदेशविरुद्ध शतक हानेका थिए । २०१८ मा नर्थ वेस्टबाट दक्षिण अफ्रिका घरेलु प्रतियोगितामा विहान लुबेले लिम्पोेपोविरुद्ध ३३ बलमा शतक हानेका थिए ।

एबोटको यो टि२० आई करिअरकै पहिलो शतक समेत हो । उनले अष्ट्रेलियाबाट ११ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । उनले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । उनी बाहेक सरेका साम करनले १५, टम करन १६, विल जाक्स १७ र जोर्डन क्लार्कले २९ रन बनाए ।

जितको लागि २ सय २४ रनको विजयी लक्ष्य पछ्याएको केन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । यता आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप युवा ब्याटर शुभमन गिलले पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो ।

गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका फाफ डु प्लेसिस छन् । डु प्लेसिस १४ खेलमा ८ अर्धशतकका साथ ७ सय ३० रनका साथ दोस्रो स्थानमा छन् । तर बेंगलोर लिगबाटै बाहिरिएको थियो ।

त्यस्तै बेंगलोरका विराट कोहली १४ खेलमा ६ सय ३९ रनका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएका छन् । फाइनलमा पुगेको टोलीबाट डेभन कन्वे चौथो स्थानमा छन् । तर कन्वेले फाइनलमा यदि गिल डक आउट हुँदा पनि २ सय २६ रन भन्दा बढी रन बनाउनु पर्ने हुन्छ । एकै खेलमा २ सय २६ रन भन्दा बढी टि२० क्रिकेटमा एक ब्याटरका लागि असम्व छ ।

त्यसैले गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । डेभन कन्वे १५ खेलमा ६ अर्धशतकका साथ ६ सय २५ रनका साथ चौथो स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् । गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध भने ४२ रनमा आउट हुन पुगेका थिए । दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराए । उता सर्वाधिक विकेट लिए वापत पाउने अवार्ड पर्पल क्याप अवार्डमा भने गुजरात टाइटन्सका तीन बलरबीच उच्च प्रतिस्पर्धा छ । फाइनलको प्रदर्शनबाट निर्धारण हुने देखिन्छ ।

Advertisement

गुजरातका मोहम्मद शामी १६ खेलमा २८ विकेटका साथ शीर्ष स्थानमा छन् । राशिद खान समान खेलका साथ २७ विकेटका साथ दोस्रो स्थानमा छन् । गुजरातकै मोहित शर्मा १३ खेलमा २४ विकेटका साथ तेस्रो स्थानमा छन् । चेन्नईका तुषार देशपान्डेले १५ खेलमा २१ विकेट लिएका छन् । फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच आइतबार अहमदाबादमा प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top