साफ च्याम्पियनसीपमा नेपाल आज भुटानसँग भिँड्दै ,नेपाललाई जित्नैपर्ने दबाब

साफ च्याम्पियनसीपमा नेपाल आज भुटानसँग भिँड्दै ,नेपाललाई जित्नैपर्ने दबाब

विराटनगर, भदौ २०
नेपालले बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । मङ्गलबार भएको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको नेपाललाई प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

नेपालविरुद्धको खेलमा भुटानका २२ वर्षीय फरवार्ड चेन्चो ग्याल्जेन मुख्य हतियार हुनेछन् । चेन्चो भारतीय आइ लिग क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन् । बंगलादेशविरुद्धको खेलमा उनी बंगाली डिफेन्डरको मार्कमा रहँदा खुलेर खेल्न सकेको थिएन ।भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले दुवै टोलीले पहिलो खेल गुमाएका कारण खेल खुल्ला हुने बताएका छन् ।

समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र (सेमिफाइनल) स्थान बनाउनेछन् । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.