×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

अमेरिकी आणविक पनडुब्बी कोरिया पुगेपछि बबाल

५ श्रावण २०८०

५ साउन, एजेन्सी ।
उत्तर कोरियाले कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको हो । उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै आक्रोश जनाएको छ।

बुधबार जापानी समुद्रमा दुई मिसाइल प्रहार गरेपछि उत्तर कोरियाको यस्तो आणविक धम्की आएको हो । आणविक सवालमा मात्रै होइन एक अमेरिकी सैनिक भागेर उत्तर कोरिया छिरेको विषयमा पनि उत्तर कोरिया र अमेरिकी तनाव देखिएको छ । अमेरिकी अधिकारीहरूले पटकपटक उत्तर कोरियाली अधिकारीहरूसँग कूटनीतिक सम्पर्क गर्न चाहे पनि उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।

Advertisement

केही दिनअगाडि अनुशासनको कारबाहीमा परेका अमेरिकी सैनिक त्रेभिस किङ गत मंगलबार उत्तर र दक्षिण कोरियाली सीमाबाट सुटुक्क भागेर उत्तर कोरिया पसेका थिए । दक्षिण कोरियाबाट अमेरिका उडान गर्नुअगाडि विमानस्थलको सुरक्षा जाँचबाट भागेका उनी दुई कोरियाको सीमा हुँदै उत्तर कोरिया छिरेका थिए ।

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति युन सोक–योलले अमेरिकी आणविक पनडुब्बीमा सवार हुँदै उत्तर कोरियालाई धम्की दिएका छन्। उनले उत्तर कोरियाले आणविक हमला गरेमा उसको शासनको अन्त्य हुने बताए । अमेरिकी आणविक पनडुब्बी युएसएस केन्टकी अहिले दक्षिण कोरियाको भ्रमणमा छ ।

ओहायो–क्लास यूएसएस केन्टकीले उत्तर कोरियाको सम्पूर्ण हतियारभन्दा धेरै आणविक हतियार बोकेको छ। यो पनडुब्बी आणविक शक्ति हो। अमेरिकी आणविक पनडुब्बीको भ्रमण गरेपछि दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकाको सबैभन्दा महत्वपूर्ण आणविक रणनीतिक सम्पदा आफ्नै आँखाले देख्न पाउँदा खुसी लागेको बताएका छन् ।

Advertisement

उनले अहिलेको सबैभन्दा शक्तिशाली रणनीतिक सम्पदा मध्येको एक युएसएस केन्टकीको दक्षिण कोरिया भ्रमण अर्थपूर्ण र साँच्चै आश्वस्त भएको उनले बताएका छन् । हामीले स्पष्ट रूपमा चेतावनी दिएका छौं कि उत्तर कोरियाले आणविक उत्तेजनाको सपना देख्न सक्दैन र यदि त्यसो भयो भने, यसले शासनको अन्त्यको नेतृत्व गर्नेछ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top