×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

रुसविरुद्ध क्लस्टर बम प्रयोग भएको अमेरिकाले स्वीकारो

५ श्रावण २०८०

५ साउन,एजेन्सी ।
युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् । क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध लगाएका छन् ।

तर रुसविरुद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोग गर्ने क्रममा अमेरिकाले क्लस्टर बम सहयोग गरेको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनले क्लस्टर बमको उचित उपयोग गरिरहेको दाबी गरेका छन् । रुसविरुद्धको लडाइँमा युक्रेनसँग गोलाबारुद्ध समाप्त हुन थालेको भन्दै युक्रेनले अमेरिकासँग क्लस्टर बम दिन आग्रह गरेको थियो ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे निर्णय लिन ‘धेरै गाह्रो’ भएको बताएका थिए । तर सहयोगी देशहरु बेलायत, क्यानडा, न्युजिल्याण्ड र स्पेनको विरोधका बाबजुद अमेरिकाले क्लस्टर बम युक्रेनलाई दिएको थियो । युक्रेनले उक्त बम रुसी सैनिकलाई पछि हटाउनका लागि मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो । क्लस्टर बम सयौं साना–साना बमहरुको संग्रह हो ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का अनुसार क्लस्टर बमलाई विमान, तोपखाना वा मिसाइलबाट प्रहार गरिन्छ । यसलाई आकाश र जमिन दुवै ठाउँबाट प्रहार गर्न सकिन्छ । यो बम प्रहार गर्दा ठूलो इलाकालाई क्षति पुर्याउँछ । यसको प्रयोग खासगरी दुश्मनको एकत्रित फौजलाई क्षति पुर्याउने उद्देश्यले गरिन्छ । बम जमिनमा खस्नासाथ विष्फोट हुने ढंगले बनाइएको हुन्छ ।

कतिपय बम तुरुन्तै विष्फोट नहुन पनि सक्छन् । तर ती बारुदी धरापको रुपमा लामो समयसम्म खतरापूर्ण अवस्थामा रहिरन्छन् । क्लस्टर बम प्रहार भएको वर्षौंसम्म पनि यसको असरले मानिसको मृत्यु हुने वा अपाङ्ग हुने जोखिम रहन्छ । सन् २००८ मा डबलिन कन्भेशन अन क्लस्टर म्युनिशन नामको एक अन्तर्राष्ट्रिय सन्धि अनुसार क्लस्टर बम राख्न, बेच्न या प्रयोग गर्न रोक लगाइएको थियो ।

Advertisement

यद्यपि भारत, रुस, अमेरिका, चीन, पाकिस्तान र इजरायलले यो सन्धिको विरोध गर्दै यो सन्धिमा संलग्न भएनन् । सन् २०१८ सम्ममा यो सन्धिमा विश्वका १०८ देशले हस्ताक्षर गरिसकेका छन् । क्लस्टर बमको उत्पादन र प्रयोग प्रतिबन्धित भए पनि अमेरिका, इराक, उत्तर कोरिया, इजरायल लगायत देशले यी बम प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top