नियमित कप्तान विराज सुरुवाती एघारमै परेनन्, भुटानसँगको खेलमा किरणले कप्तानी गर्ने

नियमित कप्तान विराज सुरुवाती एघारमै परेनन्, भुटानसँगको खेलमा किरणले कप्तानी गर्ने

ढाका,भदौ २१
साफ च्याम्प्यिनसिप (साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ । भुटानसँगको खेलमा यसअघिका नियमित कप्तान विराज महर्जन, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई आराम दिईएको छ ।
प्रशिक्षक बालगोपाल महर्जनले दीनेश राजवंशी, सुनिल बल र विशालाईलाई पहिलो रोजाइमा राखेका छन् ।

आजको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । अरु आठ खेलाडी भने पहिलो खेलमा खेलेकै रहेका छन् ।
साफ च्याम्पियनसिपमा अघिल्लो चरणको यात्राका लागि नेपाल र भुटान दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल गुमाउने टोलीले अघिल्लो चरणको यात्रा कठिन हुनेछ ।

यस्तो छ नेपाली टोली
गोलकिपर–किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड–रोहित चन्द, विशालाई राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – विमल घर्तिमगर

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.