ढाका,भदौ २१
साफ च्याम्प्यिनसिप (साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ । भुटानसँगको खेलमा यसअघिका नियमित कप्तान विराज महर्जन, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई आराम दिईएको छ ।
प्रशिक्षक बालगोपाल महर्जनले दीनेश राजवंशी, सुनिल बल र विशालाईलाई पहिलो रोजाइमा राखेका छन् ।
आजको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । अरु आठ खेलाडी भने पहिलो खेलमा खेलेकै रहेका छन् ।
साफ च्याम्पियनसिपमा अघिल्लो चरणको यात्राका लागि नेपाल र भुटान दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल गुमाउने टोलीले अघिल्लो चरणको यात्रा कठिन हुनेछ ।
यस्तो छ नेपाली टोली
गोलकिपर–किरण चेम्जोङ
रक्षक –आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड–रोहित चन्द, विशालाई राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – विमल घर्तिमगर