१५ साउन,काठमाडौं ।
सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।