×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

किन बढिरहेको छ धनुषामा चोरीका घटना ?

२० श्रावण २०८०

२० साउन, काठमाण्डौ ।
पछिल्ला वर्षहरुको तुलनामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको छ । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन्।

बेरोजगारी तथा लागुऔषध दुव्र्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ ।

जबकि आर्थिक वर्ष २०७८÷०७९ मा २५१ र आर्थिक वर्ष २०७७÷०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए । गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

उनले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने उल्लेख गरे । आर्थिक वर्ष २०७८÷०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७÷०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको उनी बताउँछन् ।

चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो ।

अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुव्र्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुव्र्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताए । चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र्र बनाएको छ ।

चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले जनाए ।

मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top