×

NEPAL TIMES UPDATES

Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026

२० जना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटना

१० भाद्र २०८०

१० भदौ , एजेन्सी ।
अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र त्यहाँबाट धेरैको उद्धार गरिएको जनाएको छ ।

अस्ट्रेलिया, अमेरिका, पूर्वी टिमोर, इन्डोनेसिया र फिलिपिन्सका सेना संलग्न रहेको वार्षिक ‘प्रिडेटर रन’ अभ्यासका क्रममा दुर्घटना भएको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)ले ओस्प्रे–२२ मा कुनै पनि अष्ट्रेलियाली कर्मचारी नरहेको बताएको छ । एडीएफले एक विज्ञप्ति जारी गर्दै अहिले उद्धारमा केन्द्रित रहेको जनाएको छ ।

Advertisement

यसैबीच अमेरिकामै एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली चलाएका स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।

गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ । दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएका हुन् । उता सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ ।

विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको जेट इन्धन भण्डारमा भएको थियो । त्यस्तै अर्का प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन नजिकै बिष्फोट भएको हो । र यकिन ठाउँ भने उल्लेख गरिएको छैन ।

सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफ बीच सशस्त्र झडप जारी छ । जसमा ३ हजार बढीको मृत्यु भइसकेको भने भने ६ हजार बढी घाइते छन् । त्यस्तै ४ मिलियन भन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने ३.२ मिलिय मानिस आन्तरिक रुपमा बिस्थपित भएका छन् । घटनाको कारण र क्षतिबारे तथ्यांक आइसकेको छैन ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top