×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

अमेरिकालाई सटडाउनबाट जोगाएका म्याकार्थी संकटमा

१६ आश्विन २०८०

१६ असोज, एजेन्सी ।
अमेरिकामा सभामुख केभिन म्याकार्थीलाई हटाउने अभियान सुरु भएको छ । एक सांसदले आफ्नै पार्टीका तर्फबाट प्रतिनिधिसभाको सभामुख बनेका केभिन म्याकार्थीलाई हटाउने प्रस्ताव सदनमा दर्ता गराएका छन् । रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनावलाई यो कदमले सतहमा देखाएको छ ।

फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सोमबार सदनमा प्रस्ताव अघि सारेका हुन् । संसद् भवनबाट बाहिरिने क्रममा सांसद गेट्जले भने, “मसँग पर्याप्त रिपब्लिकन छन् । अर्को हप्ता दुईमध्ये एउटा कुरा हुनेछ, या त केभिन म्याकार्थी सभामुख रहने छैनन् वा उनी डेमोर्क्याटको हितका लागि काम गर्ने सभामुख हुनेछन् ।”

त्यसको केही समयपछि सामाजिक सञ्जालमा म्याकार्थीले ‘प्रस्ताव अघि सार्न’ भन्दै चुनौतीपूर्ण टिप्पणी गरेका छन् । गेट्जले ‘भर्खरै गरेँ’ भन्दै प्रतिक्रिया दिएका छन् । डेमोर्क्याटको समर्थनमा सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको छ । म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा शटडाउनबाट बच्न खर्च विधेयक पारित गराएका थिए ।

यसो गरेर म्याकार्थीले आफ्नै पार्टीको निर्देशन उल्लंघन गरेको मानिन्छ । यसले पार्टीमा कडा अडान लिने रिपब्लिकन सदस्यहरू रिसाएका छन् । उनीहरुबीच गुटबन्दी पनि हुन थालेको छ । म्याकार्थीले आफ्नो विपक्षी डेमोक्र्याटिक पार्टीको सहयोगमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरेको भन्दै उनीहरूले उनलाई हटाउने प्रयासलाई तीब्र पारेका हुन् ।

अमेरिकी संसदको दुवै सदनमा कडा रिपब्लिकन सांसदहरूले शटडाउनबाट बच्न ल्याइएको विधेयकको विपक्षमा मतदान गरेका थिए । हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन सांसदको वर्चस्व छ भने सिनेटमा डेमोक्र्याटिक पार्टीको अलिकति अग्रता छ ।

यसअघि सभामुख म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका थिए । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएका थिए । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको उनले बताएका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top