१२ पुष,एजेन्सी ।
सहयोगहरु संकलन गरेर मुश्किलले रुससंग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि ठूलोस्तरमा सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश विभागले एक पटक फेरि युक्रेनलाई मद्यत गर्न सैन्य सहायता प्याकेज घोषणा गरेको छ । विदेश विभागले २५० मिलियन अमेरिकी डलरको सहायता दिने घोषणा गरेको एन्टोनी ब्लिंकेनले बताएका छन् ।
ब्लिंकेनका अनुसार यो सहायता प्याकेज अन्तर्गत युक्रेनलाई उत्त रकम बराबरको हतियार र सैन्य उपकरण दिइने छ । यसमा गोला–बारूदसहित अन्य सैन्य उपकरण सामेल छन् । मीडिया रिपोर्टका अनुसार, यो अन्तिम सहायता प्याकेज हो, जुन बाइडेन प्रशासनले सांसदहरुको सहमति बिनानै युक्रेनलाई दिन सक्छ । किनभने अब देखि संसदको स्वीकृतिबिना अमेरिकाले युक्रेनलाई सहयोग गर्न सक्ने छैन् ।
अमेरिकाबाट आउने सहयोगमा लिङगरिंग भइरहँदा यसै महिना युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिका पुगेका थिए । उनले व्हाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेट गरेका थिए । सो क्रममा उनले रूसविरुद्ध जारी युद्धका बीच सहायता राशिको माग गरेका थिए । उनले अमेरिकी कंग्रेस र अमेरिकाका वरिष्ठ अधिकारीसंग पनि कुराकानी गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार, युक्रेनलाई दिने भनिएको सहायता प्याकेजको प्रस्ताव अहिले कंग्रेस अर्थात त्यहाँको सदनमै रोकिएको छ । सोही प्याकेजलाई पास गराउनका लागि जेलेन्स्कीले बाइडेनसहित विभिन्न अधिकारीहरुसंग भेटघाट गरेका थिए । जेलेन्स्कीले अमेरिकी सदनका नेताहरुसंग आफूलाई छिटै फन्डिंगको अनुमति दिन अनुरोध गरेका थिए ।
जेलेन्स्कीसंगको बैठकका क्रममा बाइडेनले युक्रेनलाई छिट्टै सहायता दिनुपर्ने बताउँदै पुटिनमाथि पनि निशाना साधेका थिए । उनले भनेका थिए, हामीले देखेका छौं, जब तानाशाहले मृत्यु र विनाशको मूल्य चुकाउँदैनन्, त्यतिबेला के हुन्छ भनेर । त्यसैले तिनलाई बढावा मिल्छ, उनीहरु त्यसैमा अगाडि बढिरहन्छन्,भन्दै बाइडेनले पुटिनलाई लक्षित गर्दै कटाक्ष गरेका थिए ।
यसैबीच जापानको एक मिडिया रिपोर्टले पुटिनले अहिले युक्रेनमा जारी युद्ध रोक्ने बारेमा नसोचेको दाबी गरेको छ । उनले युक्रेनमा बम बर्साइ रहने चेतावनी दिएको सो रिपोर्टमा उल्लेख गरिएको छ । यो रिपोर्ट हालै पुटिन र सी जिंगपिंगबीचको वार्तापछि आएको हो । यसैबीच अमेरिकाले युक्रेनका लागि आफ्नो खजाना खोलेको हो ।
पछिल्लो २५० मिलियन डलरको सहायता सहित अहिलेसम्म अमेरिकाले युक्रेनलाई ४४ बिलियन अमेरिकी डलर को सहयोग पठाइसकेको छ । यता बुधबार रातभर युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी बलहरुले दर्जनौं हवाई हमला गरेको छ । सो क्रममा ईरानी ड्रोन आक्रमण भएको र त्यसले केहीको मृत्यु भएको, धेरै मानिसहरु घाइते भएको पनि बताइएको छ ।
युक्रेनको वायु सेनाले पनि रुसद्वारा प्रहार गरिएको ४६ इरान निर्मित ड्रोनहरुले ३२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । बुधबार रातीको रुसी आक्रमणमा खेरसन क्षेत्र र यसको राजधानीका आवासिय क्षेत्रहरु र एक मल पनि ध्वस्त भएको बताइएको छ । पावर ग्रिडमा पनि निकै नोक्सानी भएको छ । जसका कारण अहिले खेरसन सहरको लगभग ७० प्रतिशत घरहरुमा विजुली छैन ।
यसबीच जापानी मिडिया संस्था निक्की एसियाले स्रोतहरुलाई उदृत गर्दै के दाबी गरेको छ भने, गत मार्चमा मस्कोमा एक बैठकका क्रममा पुटिनले आफ्ना चिनियाँ समकक्षी सीसंग भनेका थिए, रुस युक्रेनमा कम से कम पाँच वर्षसम्म युद्ध गरिरहने छ । त्यसमा के पनि भनिएको छ भने, पुटिन हालको युद्धको अवस्थालाई लिएर रुसी सेना ब्याकफुटमा गएको पनि बेखुसी थिए ।
उनले सीलाई युद्धको अन्त्यमा रुसकै जीत हुने पनि विश्वस्त पारेका थिए । यता नेपालका लागि भने रुसबाट कुनै सुखद समाचार आउन सकेको छैन । बरु रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ ।
नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो । नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन ।
रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले फर्कने अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्न गएका मध्ये ९ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले आफन्तहरूबाट कम्तीमा सय जना नेपालीहरू सर्म्पकविहिन भएको सूचना आएको जनाएको छ ।
पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीहरूलाई सेनामा भर्ती गर्दै पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र पठाउन आग्रह गरेका थिए । परराष्ट्रका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पु¥याइदिन्छु’ भन्दै तर्किएका थिए ।
उनले नेपालीहरूको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् । यसबारे तपाइँका टिप्पणी के छन्, अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।