विराटनगर : विराटनगरका चर्चित दुई शैक्षिक संस्थाले हिमालय दर्शन कलेज सञ्चालन गर्ने भएका छन् ।
११ र १२ कक्षा सञ्चालन गर्दै आएका विराटनगरको मेरिल्याण्ड र शिक्षादीप माध्यामिक विद्यालयले उच्च शिक्षाका लागि संयुक्त रुपमा हिमालय दर्शन कलेज सञ्चालन गर्ने भएका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
आईतबार पत्रकार सम्मेलन गरी विद्यालय स्तरमा सहकार्य गर्ने सहमती गरेका मेरिल्याण्ड र शिक्षादीपका सञ्चालकले हिमालय दर्शन कलेज सञ्चालन गर्न एकीकृत भएर अघि बढेको जानकारी दिए ।