NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !

मङ्लबार माघ १६ , २०८०
Reading Time: 1 min read
A A
पूर्वराजालाई तर्साउदै प्रचण्ड ,दरबार हत्याकाण्डको छानविन हुने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ माघ ,काठमाडौं ।

केही समययता देशका विभिन्न भागमा पुगी नागरिक अभिनन्नदनसहित सार्वसाधारणसँग पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय रहिरहेका बेला स्वयम पूर्वराजाले नै दुई दिन स्मरण गरेको दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले घोषणा गरेका छन् ।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका हुन् । प्रधानमन्त्रीले पूर्वराजाप्रति लक्षित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुन सोमबार प्रचण्ड वीरगन्ज पुगेका थिए । त्यसपछि उनी बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएका थिए भने बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकनमा पनि पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार मात्रै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका थिए। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताएका थिए ।

‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो– त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता ग¥यौं,’ ओलीले भनेका छन् । ओलीले तत्कालीन दरबार हत्याकाण्ड दिपेन्द्रले गरेको भन्ने आरोप वाहियात भएको जिकिर गरेका छन् ।

ओली आइतबार आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा उनले त्यस्तो कुराको पछि दौडिन नहुने बताए । “यहाँ हत्याकाण्डा भइसक्दा दुनियाँभरी दिपेन्द्रको प्रेम कहानी भनेर… । दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता बाहियात कुराका पछाडि पनि नेपाली जनता कुद्नुहुन्छ ?,” उनले प्रश्न गरेका छन् ।

शनिबार मात्रै पूूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा आफूलाई जोडेर नकारात्मक प्रचार गरिएको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरे ।

उक्त घटनालाई लिएर आफ्नो परिवारप्रति घातक प्रहारहरु भएको उनको भनाइ थियो । ‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो,’ उनले भने, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो’ उनले भनेका छन् ।

२२ वर्षअघि २०५८ जेठ १९ गते मुलुकै सबैभन्दा सुरक्षित र बलिया अभिभावक भएको ठानिएको नारायणहिटी राजदरबार रगतको आहाल बनेको थियो । जसमा दीपेन्द्र जोडिएका त छन् तर आशंकाका प्रश्न पनि उब्जाइएका छन् । तत्कालीन राजपरिवार नै नामेट पारेको नरसंहार कोबाट भएको थियो भन्ने चित्तबुझ्दो निक्र्यौल अझै हुन सकेको छैन ।

तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएको दावी गर्दै आए पनि जनताले पत्याइरहेका छैनन् । दरबारको शुक्रबारको पारिवारिक जमघटका बेला भएको घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र,राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गसहित अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । राजपरिवार भित्रै १० जनाको हत्या भएको थियो भने अन्य केही घाईते भएका थिए ।

Tags: #दरबार हत्याकाण्ड#दरबार हत्याकाण्डको छानविन

लोकप्रीय

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की
ताजा समाचार

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

शुक्रबार अशोज ३ , २०८२
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.