NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप, लेखकले दिए जवाफ

बिहिबार फाल्गुन २४ , २०८०
Reading Time: 1 min read
A A
कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप, लेखकले दिए जवाफ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ फागुन, काठमाण्डौ ।

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अधिकांश समय गठबन्धन फेर्नुपर्ने कारणमा कांग्रेस नै मुख्य कारक रहेको प्रष्टाएका छन् । प्रचण्डले कांग्रेसले व्यक्तिगत रूपमा आफूलाई सहयोग गरे पनि विकास, समृद्धि र सुशासनका लागि सहयोग नगरेको आरोप लगाएका छन् ।

उनले राजनीतिमा व्यक्तिगत सम्बन्ध भन्दा पनि राजनीतिक परिणामहरू निर्णायक हुने बताए । उनले भने– ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा मा कुनै अप्ठेरो वा समस्यामा थिइन । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसका नेतृत्व र मेरो बीचमा व्यक्तिगत नराम्रो पनि थिएन ।

टिकिरहनुलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको पनि त्यहाँ समस्या थिएन । यो करिब ११ महिना लामो साथ र सहयोगप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरूलाई आभारी छु ।’ निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जसरी सघायो, त्यही तहमा कांग्रेसले सहयोग नभएको भन्ने मनोविज्ञान देशभर रहेको उनले बताए ।

यसले पनि आपसी विश्वास कमजोर बनाएको उनले बताए । प्रचण्डले निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने भनेको तर त्यसबाट कांग्रेस पछि हट्दा त्यसले अर्को मनोविज्ञान बन्न पुगेको बताए । कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले विद्रोह नै गरेको तर तिनीहरू राजनीतिक कसीमा दण्डित नभएको तर पुरस्कृत भएको उल्लेख गरे ।

उनले कांग्रेसको महासमिति बैठकमा बिना सन्र्दभ गठबन्धनको निन्दा गरेको, गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको कुरा बिर्सिएर छलफल चर्चा गरेको र गठबन्धन विरुद्ध निष्कर्ष निकालेको उल्लेख गरे । उनले निर्वाचन आउन ४ वर्ष बाँकी छँदै गठबन्धन दलमाथिको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न नसकिएको, महासमिति बैठकमा स्टल नै राखेर धर्मको बारेमा हस्ताक्षर चलाइएकोले संविधानमाथि कांग्रेसको प्रतिबद्धतामाथि प्रश्न उठाउने ठाउँ बनेको बताए ।

महासमिति बैठकमा माओवादी जनयुद्धलाई बिद्रुपीकरण गरिएको, २०४७ सालको संविधान ठिक रहेको आशयको प्रतिवेदन वितरण गरिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । हिजो मिलिसकेको वैचारिक सैद्धान्तिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको प्रधानमन्त्रीले बताए ।

उनले आफू सरकारको गतिसँग आफू असन्तुष्ट रहेको जनाइरहेको बताउँदै तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा आफूले दोस्रो विकल्प रोजेको बताए । प्रधानमन्त्रीले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् ।

संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए । दाहालले भने, आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको हो ।’ प्रचण्ड लगत्तै बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनगढन्ते दोष दिएको बताएका छन् ।

लेखकले प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न नपाइने बताएका हुन् । लेखकले आफूहरूसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे । उनले प्रधानमन्त्रीले राजनीतिक बेइमानी समेत गरेको संसदमा पटक पटक दोहो¥याए । सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताए ।

लेखकले प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला भन्दै कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै नरहेको बताए । उनले कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै प्रश्न गरे ।

Tags: #कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप#संसद्मा प्रचण्ड भर्सेस लेखक

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.