मोरङ,भदौ २८
१ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले संघीयता विरोधी देशीविदेशी शक्तिहरु सरकारविरुद्ध लागिरहेकाले त्यसको डटेर सामना गर्न आवश्यक रहेको बताएका छन् ।
लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा र नेपाल लोकतान्त्रिक किराँत लिम्बू संघले बिहीबार मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री आङ्वोले यस्तो कुरा बताएका हुन् ।
मन्त्री आङ्वोले ऐतिहासिक बाम एकताबाट निर्माण भएको बहुमतको सरकारका तिल जत्रा केही कमजोरीलाई पहाड जत्रो बनाएर संघीयतामाथि नै आक्रमण भइरहेको भन्दै त्यसखाले गतिविधिलाई निरुत्साहित पार्न जनताले खबरदारी गर्नुपर्ने बताए ।
उनले ५ वर्षभित्रमा समाजवादको आधारशीलाको खम्बा गाड्न आफुहरु सफल भइछोड्ने उद्घोष पनि गरे ।