×

NEPAL TIMES UPDATES

Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026

मस्कको ‘न्युरोलिंक’ चिपले कमाल गर्याे

८ चैत्र २०८०

८ चैत , एजेन्सी ।

विश्वकै धनाढ्य सामाजिक संजाल एक्सका मालिक एलन मस्कको चिपबाट मानिसलाई नियन्त्रण गर्ने बहुप्रतिक्षित योजना सफल भएको छ । मानव मस्तिष्कमा चिप प्रत्यारोण गरी ‘न्युरोलिंक’ सोचेरै कम्प्युटर चलाउन सफल भएको छ । ‘न्युरोलिंक’का एक इन्जिनियरले एक्समा लाइभ आउँदै न्युरोलिंक चिप प्रत्यारोपण गरिएका व्यक्तिले कम्प्युटर चलाउन सफल भएको भिडियो सार्वजनिक गरेका हुन् ।

Advertisement

दुबै हात गुमाएका २९ वर्षीय एकजना युवकको मस्तिष्कमा न्युरोलिंक चिप प्रत्यारोपण गरिएको थियो । ती व्यक्तिले सोचेरै आफ्नो अगाडि रहेको कम्प्युटरमा चेस गेम खेलर देखाएका छन् । टेस्ला मोटर्सका सीईओ तथा ‘स्पेस एक्स’ का संस्थापक एलोन मस्कले गत जनवरीमा मानव मस्तिष्कमा चिप प्रत्यारोणबाट सोचेकै भरमा कम्प्युटरदेखि मोबाइलसम्म चलाउन सकिने दाबी गरेका थिए ।

उनले प्रारम्भिक परिणामहरुले आशाजनक न्युरो स्पाइक पत्ता लगाउने देखिएको उल्लेख गरेका थिए । उनले न्युरोलिंक चिपको सुरुवात हात गुमाएका व्यक्तिहरुबाट गरिने जनाएका थिए । सोहीअनुसार मस्तिष्कमा चिप प्रत्यारोपण गरिएका एक जनाले कम्प्युटर चलाउन सफल भएको सार्वजनिक गरिएको छ । न्युरोलिंकले सार्वजनिक गरेको भिडियोमा हात चलाउन नसक्ने व्यक्तिले आफ्नो अगाडि रहेको ल्यापटपमा सोचेरै गतिविधिहरु गर्न सफल भएको देखिन्छ ।

गत वर्षको मे मा मात्रै मस्कको स्टार्ट–अप न्यूरालिङ्क कम्पनीले अमेरिकी नियामकहरूबाट मानिसहरूमा आफ्नो मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न स्वीकृति प्राप्त गरेको थियो । मस्क एक्स, स्पेसएक्स, टेस्ला र अन्य धेरै कम्पनीका मालिक पनि हुन्। उनी आफ्ना कम्पनीहरूको बारेमा महत्वाकांक्षी भविष्यवाणीहरू गर्नका लागि परिचित छन् ।

जुलाई २०१९ मा उनले संकल्प लिएका थिए कि न्यूरालिङ्कले सन् २०२० मा मानिसमा आफ्नो पहिलो परीक्षण सञ्चालन गर्न सक्षम हुनेछ । मानव मस्तिष्कमा राख्नुअघि सिक्काको आकारको उत्पादनको प्रोटोटाइप बाँदरको खप्परमा प्रत्यारोपण गरिएको थियो। प्रस्तुतिको क्रममा, कम्पनीले धेरै बाँदरहरूलाई केही आधारभूत भिडियो गेमहरू ’खेलिरहेको’ देखाएको थियो ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top