×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित

५ बैशाख २०८१

५ वैशाख , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १७ औं संस्करणमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका गएराती भएको खेलमा राजस्थान रोयल्सले जारी आईपिएल क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको हो ।

आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाब विरुद्ध बनायो कीर्तिमान राजस्थानले बराबरी गरेको हो ।

Advertisement

राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन जडे । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए ।

त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाए । राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए । यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए । कोलकत्ताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २–२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो । नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे । राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १–१ विकेट लिए ।

Advertisement

जित पछि राजस्थान ७ खेलमा १२ अंक सहित शीर्ष स्थानमा यथावत छ । कोलकत्ता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ । आईपिएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे एहेम्दाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top