×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026

लखनउलाई उसैको घरमा हराउने दाउमा मुम्बई

१८ बैशाख २०८१

१८ वैशाख ,एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आज मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो लखनउको घरेलु खेल मैदान हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् ।

यो सिजन लखनउको तुलनामा मुम्बईको प्रदर्शन निराशाजनक देखिएको छ । जारी सिजनको आईपीएलमा लखनउले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । मुम्बईले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजाले ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

तालिकामा मुम्बईभन्दा तल रोयल च्यालेन्जर्स बैंगलुरु मात्र छ । आईपीएलमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच हालसम्म कुल चार खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा लखनउ विजयी भएको । एक खेलमा मुम्बईले जित हासिल गरेको छ । १७औँ संस्करणमा भने लखनउ र मुम्बईबीच भिडन्त हुन लागेको यो पहिलो पटक हो ।

उता आईपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली १० अंकसहित छैटौँ स्थानमा पुगेको छ ।

दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर जम्मा १५३ रन बनाएको थियो ।दिल्लीका पृथ्वी साले १३ रन, ज्याक फ्रेजरले १२ रन बनाए भने अभिषेक पोरेल १८ रन बनाएर आउट भए । कप्तान पन्तले २७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ३५ रनको योगदान गरे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा ओपनर फिल साल्टले ६८ रनको पारी खेले । कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले टिमलाई जितसम्म पुर्याएका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top