×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

रुसले रसायनिक हतियार प्रयोग गर्दैछ ?

२० बैशाख २०८१

२० वैशाख ,एजेन्सी ।
रूस र यूक्रेन बीच युद्ध जारी छ । यसैबीच बुधवार संयुक्त राज्य अमेरिकाले रूसमाथि यूक्रेनविरुद्ध अंतर्राष्ट्रिय रसायनिक हतियार प्रतिबंधको उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकाको भनाई छ कि रूसले यूक्रेनी सैनिकहरुविरुद्ध चोकिंग एजेंट क्लोरोपिक्रिन तैनाथ गरेको छ ।

अमेरिकाले रूसमाथि यूक्रेनमा दंगा नियंत्रण एजेंटहरुको पनि प्रयोग गरेको आरोप लगाएको छ । क्लोरोपिक्रिनलाई रासायनिक हतियार निषेध संगठन (ओपीसीडब्ल्यू) ले प्रतिबंधित चोकिंग एजेंटका रूपमा सूचीबद्ध गरेको छ । अमेरिकी विदेश विभागले एक बयानमा भनेको छ, रूसी सेनाले यूक्रेनी सेनाहरुलाई उनीहरुको गढबाट हटाउनका लागि यस्ता रसायनहरुको प्रयोग गरिरहेको छ ।

यसअघि हालै एक मीडिया रिपोर्टले यूक्रेनी सेनालाई उदृत गर्दै भनेको थियो, कि रूसले एजेंटहरुको अवैध उपयोगलाई बृद्धि गरेको छ । यूक्रेनी सेनाको भनाई छ कि रूसले क्लोरोपिक्रिनका अलावा, सीएस र सीएन ग्यासहरुले भरिएका ग्रेनेडको प्रयोग गरिरहेको छ ।

२३ फेब्रुअरी २०२२ को राती रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले यूक्रेनमा सैन्य अपरेशन गर्ने घोषणा गरेका थिए । त्यसको केही घण्टापछि अर्थात २४ फेब्रुअरीको विहानै अचानक यूक्रेनी राजधानी कीभ र त्यसको आसपासका शहरहरुमा हवाई हमला सुरु भएको थियो ।

रूसको यो हमलाले सिंगो विश्वमा हलचल मच्चियो । यता यूक्रेनले पनि जवाफी कारबाही सुरु गर्यो । युद्ध शुरू भएसंगै विश्व नै २ धारमा विभाजितजस्तै बनेको छ । यूक्रेनलाई साथ दिनकालागि नेटो सदस्य देशहरु एक ठाउँमा छन् ।

अमेरिका, ब्रिटेन, पोल्याण्ड, फ्रांससहित कयौं देशहरुले युद्ध बाहिरै रहे पनि युक्रेनलाई सहयोग जारी राखेका छन । अर्कातर्फ चीन, दक्षिण कोरिया, इरान जस्ता देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपले रूसको साथमा उभिएका छन् ।

यसैबीच अमेरिकामा अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेश गर्ने भएका छन् ।

जर्जियाकी रिपब्लिकन कंग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि विश्वासघात गरेको आरोप लगाइन् । ‘माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो’, पत्रकारहरूसँग ग्रिनले भनिन्, ‘आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु।’

यता सभामुख जोनसनले विज्ञप्ति जारी गरी ग्रिनको घोषणालाई ‘रिपब्लिकन कन्फरेन्सका लागि गलत, संस्थाका लागि गलत र मुलुकका लागि गलत’ भएको प्रतिक्रिया दिएका छन् । सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्छ ।

डेमोक्रेटहरूले असाधारणरूपमा उनलाई आफ्नो पदमा कायम राख्न मतदान गर्ने भनेकाले जोनसनलाई हटाउने सम्भावना भने छैन । ‘म डेमोक्रेटहरूभन्दा बाहिर गएर रिपब्लिकन सभामुखलाई समर्थन गरेको हेर्न प्रतीक्षा गर्न सक्दिनँ’ उनले भनेका छन् ।

किभका लागि अमेरिकी समर्थन कंग्रेसमा विवादको एक प्रमुख स्रोत बनेको छ । धेरै दक्षिणपन्थी रिपब्लिकनहरूले रुससँगको युद्धमा युक्रेनलाई समर्थन बन्द गर्न खोजिरहेका छन् । महिनौँको बहस र डेमोक्रेटहरू तथा अमेरिकी सहयोगीहरूको दबाबपछि जोनसनले अन्ततः गत साता युक्रेनका लागि नयाँ सहायता प्याकेजलाई समर्थन गरेका थिए।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top