NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

पश्चिमी वायु सक्रिय, गर्मी घट्छ ?

शनिबार बैशाख २२ , २०८१
Reading Time: 1 min read
A A
बंगालमा विकसित भएको ‘फानी’को प्रभावले नेपालमा पानी पर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२२ वैशाख , काठमाण्डौ ।

नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली भएको छ । जसका कारण आज (शनिबार) देखि देशभर तापक्रम घट्ने र गर्मीमा राहत हुने बताइएको छ । ‘पश्चिमी वायुको सक्रियताले हिजो (शुक्रबार) रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रबाट बादल आइरहेको छ, जसले गर्दा देशभ धेरथोर मौसम बदली भएको छ’, उनले भने, ‘जसले गर्दा अहिले देशभरजसो नै गर्मी केही कम भएको छ।’

पुडासैनीका अनुसार अब दिनभर चर्काे घाम लाग्ने क्रम कम भई तापक्रम घट्नेछ र केही शीतल महसुस हुनेछ । मौसमविद् पुडासैनीका अनुसार यो क्रम कम्तीमा ३ दिन जारी रहनेछ । मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । मौसम बदली (बादल लाग्ने) देशभरजसो भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्र छ ।

‘आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ’, मौसमविद् पुडासैनीले भने। तर काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना नदेखिएको उनले बताए ।

बादल लागेका कारण काठमाडौँ उपत्यकामा पनि हिजोअस्तिको तुलनामा आज केही शीतल महसुस भएको छ । मौसम महाशाखाका अनुसार राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै लामो समयदेखि गर्मीको मारमा परिरहेका बेला आगामी साता भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि दुई वटा प्रणालीले आगामी सोमबारदेखि बुधबारसम्म वर्षाको सम्भावना देखाएको बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक छ ।

महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् । यस्तै यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण पनि सार्वजनिक भएको छ ।

भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । एक महिना अघि युएईको दुबई, ओमान, बहराइन लगायतका देशहरुमा अत्यधिक वर्षा भएको थियो । युएईमा १९४९ पछिको सबैभन्दा धेरै वर्षा रेकर्ड भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा पनि अत्यधिक वर्षा हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको थियो । त्यो वर्षाले जनधनको क्षति गरेकाले नेपालमा त्यस्तै अवस्था आउन सक्ने भन्दै पूर्वतयारीका काम अहिलेदेखि नै थाल्नुपर्ने मौसमविदहरु बताउँछन् । नेपालमा पनि चरम अवस्था कुनै पनि बेला आउन सक्ने बताउँदै मौसमविद पौडेल भन्छन्, ‘प्रकृतिमा जुनसुकै बेला जे पनि हुनसक्छ ।

सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गर्नु सबैभन्दा ठूलो कुरा हो ।’ विगत १० वर्षको अवधिमा नेपालमा प्राकृतिक विपदबाट ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालयको रेकर्ड छ । यो तथ्यांक २०७० सालदेखि २०७९ सालसम्मको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो । मनसुन अवधिमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भएको थियो । तर ठाउँ–ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो पनि आएको थियो । गत वर्षको मनसुन अवधिमा प्राकृतिक विपदबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

Tags: #गर्मी घट्छ ?#पश्चिमी वायु सक्रिय

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.