NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी

सोमवार बैशाख ३१ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ वैशाख , काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्कर पक्राउ परेका छन् । आइतबार ५ किलो सुनसहित दुई भारतीय युवा पक्राउ परेका हुन् । उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

LS Auto

पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एसएसपी शर्माले बताए । सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङको अन्डवेयर, र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो अन्डवेयर, निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए । एसएसपी शर्माका अनुसार यसरी बरामद भएको सुन र अभियुक्तमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने गरिएको छ ।

पक्राउ परेका भारतीय नागरिकहरूले सुन भारतमा लग्ने तयारी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । ‘भारतबाट दुबई जाने, त्यहाँबाट काठमाडौं आएर यहाँबाट स्थलमार्गबाट भारत जाने गरेको बुझिन्छ,’ उनले भने, ‘उनीहरूले अहिले सबैकुरा भनिसकेका छैनन्।’ प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै यस्तो थियो भनेर बयान दिएका छन् ।

यसबारे थप अनुसन्धान गर्न प्रहरीले उनीहरूलाई भन्सारमा बुझाउने तयारी गरिरहेको छ । विशेषगरी दुबईबाट आउनेहरू व्यक्तिहरूमाथि विमानस्थल प्रहरीको निगरानी हुने गरेको छ । नेपाली कामदारहरू र अन्य भारतीय नागरिकलाई तस्करहरूले भरिया बनाएर काठमाडौं पठाउने गरेको ‘ट्रेन्ड’ छ । सुन तस्करहरूले तस्करी गर्दा विभिन्न खालका तरिकाहरू अपनाउने गरेका छन् ।

पछिल्लो समय दुबईबाट फर्किने कामदारहरूलाई काँचो सुनका औंठी, सिक्री लगायत लगाएर पठाउने गरेका छन् । सुनलाई पगालेर कपडामा लेपन गरी ल्याउने क्रम पनि बढ्दो छ । ढिक्का सुन सजिलै समातिने डरले तस्करहरूले नयाँ नयाँ उपाय अपनाउने एसएसपी पोखरेल बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार चार महिनामा ८ करोड बढीको सुन बरामद भएको छ । प्राप्त भएको विवरणअनुसार माघ १७ गतेदेखि वैशाख ७ गतेसम्म विमानस्थलबाट मात्रै ७७५९.१६ ग्राम सुन बरामद भएको छ । जसको मूल्य ८ करोड २३ लाख १७ हजार ६३२ रुपैयाँ बराबरको छ ।

Tags: #५ किलो सुन तस्करी#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल#फेरि सुन तस्कर पक्राउ#सुन तस्करी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
नेपालीको आयु घट्दैः कारण के हो ?

नेपालीको आयु घट्दैः कारण के हो ?

शनिबार भदौ ११ , २०७९

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.