NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

एमाले मोरङ अध्यक्षले नगर अध्यक्षलाई पार्टीबाटै निकाले, निर्णय सच्याउन माग

सोमवार असार ३ , २०८१
Reading Time: 1 min read
A A
एमाले मोरङ अध्यक्षले नगर अध्यक्षलाई पार्टीबाटै निकाले, निर्णय सच्याउन माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असार, विराटनगर ।

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले खानेपानी संस्थाको निर्वाचनमा पार्टीका उम्मेद्वारविरुद्ध लागेको भन्दै विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा लगायतलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेपछि मोरङ एमाले भित्र ब्यापक तिक्तता उत्पन्न भएको छ ।

महानगर अध्यक्षलाई नै स्पष्टिकरण समेत नसोधी पार्टी सदस्य समेतबाट निलम्बन गरेपछि कार्यकर्ता पंक्ति समेत विभाजित भएका छन् ।

LS Auto

पार्टीले आफूविरुद्ध गरेको अन्यायको आइतबार ठूलो संख्यामा कार्यकर्तासहित पार्टी कार्यालय पान्चालीमै पुगेर पार्टी नेतृत्वप्रति खबरदारी गरेका थापाले सोमबार पत्रकार सम्मेलन गर्दै गलत निर्णय सच्याउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर थापाले क्षमा याचना सहित गलत निर्णय सच्याएको खण्डमा मोरङ अध्यक्ष कार्कीलाई माफी दिने बताएका छन् ।

उनले आसन्न विराटनगर महानगरको नेतृत्वका लागि आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै पार्टी भित्रैबाट यसको समाधान खोज्नु पर्ने बताएका छन् ।

नेकपा एमाले मोरङका अध्यक्ष कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा पार्टीका उम्मेदवार रामबहादुर घिमिरेलाई हराउन विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, महानगर कमिटीका उपसचिव नवराज नेपाल, महानगर कमिटी सदस्य सुरज न्यौपाने र सन्दिप पोखरेल, नेकपा एमाले विराटनगर–३ वडा कमिटी अध्यक्ष लालमणी भट्टराई र नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट कारवाही गरेका छन् । लालमणी भट्टराई भने मानगढ खानेपानी संस्थाको अध्यक्षका लागि घिमिरेका प्रतिस्पर्धी रहेका छन् ।

पत्रकार सम्मेलनमा थापाले पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ अनुशार जनप्रतिनिधि मूलक संस्था संघीय संसद, प्रदेश सभा, स्थानीय तह र जिल्ला समन्वय समिति तथा पालिका सभामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रावधान रहेपनि मानगढ खानेपानी जस्तो संस्थाको निर्वाचनमा भएको अन्तर्घातको विषयलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने व्यवस्था नभएकोले गरिएको गलत कारवाही क्षमा याचना सहित फिर्ता लिन मोरङ अध्यक्ष कार्कीलाई सुझाव दिएका छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले विराटनगर महानगर कमिटीका उपसचिव नवराज नेपालले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा २६ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष पदमा रहेको र संस्था भित्र भष्ट्राचार र अनियमितताले जरो गाडेको आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष रामबहादुर घिमिरेले खरीद गरेको जग्गामा मोटो रकम अनियमितता भएको आरोप लगाएका छन् ।

२६ धुर भनेर खरीद गरिएको जग्गा १२ धुर मात्रै रहेको र जग्गाको चलनचल्ती भाउ ४३ लाख मूल्य रहेकोमा अध्यक्ष घिमिरेले ८७ लाखमा सो जग्गा खरीद गरेर मोटो रकम अनियमितता गरेको आरोप लगाएका छन् ।

थापाले मानगढको नेतृत्वको लागि हुने निर्वाचनमा एकै ब्यक्ति लामो समयदेखि जिम्मेवारीमा रहेको र आर्थिक अपचलनका आरोपहरु लागेको अवस्थामा नयाँ नेतृत्वको बारेमा प्रस्ताव गर्दा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित घिमिरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको र यसका लागि आफूलाई लिखित निर्णय समेत नदिएको बताएका छन् ।

बाबुराम कार्की भने अहिले मोरङ एमालेमा निमित्त अध्यक्षका रुपमा रहेका छन् । जिल्ला कमिटि अध्यक्ष ऋषिकेश पोखरेल प्रतिनिधि सभा सदस्यसँगै लेखा समितिको सभापति समेत बनेपछि कार्यव्यस्तता बढेको भन्दै कार्कीलाई मंसिर भित्र अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको थापाले बताएका छन् ।

थापा नेतृत्वको विराटनगर महानगर कमिटिले महानगरको अधिवेशन भने आगामी असोज १२ र १३ गते गर्ने निर्णय गरिसकेको छ ।

उता मानगढ खानेपानीको नयाँ कार्यसमितिको गएको जेठ १९ गते निर्वाचन सम्पन्न भएपनि विवादका बीच अझै मतगणना हुन् सकेको छैन् ।

Tags: #खानेपानी संस्थान#नेकपा एमाले मोरङ#पार्टीबाट निष्कासित#विराटनगर महानगर कमिटी#सागर थापा

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.