×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

बालेनको नगरसभा भाँडियो, सामाजिक संजालबाट बैठक स्थगित

१५ असार २०८१

१४ असार ,काठमाडौं।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए ।

‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् । स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।

त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने । बैठक आज विहान ८ बजे बोलाइएको थियो । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो। तर बैठकमा मेयर बालेन शाह नै नआएको काठमाडौं महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताएका छन् ।

गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई बालेनले स्वीकार गरेका थिएनन् । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपमेयर सुनिता डंगोलले भने सबै पक्षलाई मिलेर जान सुझाएकी थिइन । उनले मेयर बालेनलाई समेत सच्चिन सुझाव दिएकी थिइन ।

बालेनले नेताका नाममा बजेट नदिएपछि बैठक स्थगित भएको बताइरहदा बालेनले काठमाडौं महानगरपालिकाको मेयर भएको पहिलोवर्ष नेताका नामका प्रतिष्ठान, फाउन्डेसन र संघ–संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुशार उनले ती प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई अनुदान स्वरुप उक्त रकम आर्थिक वर्ष २०७९÷८० मा उपलब्ध गरेका हुन् ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यसरी बाँडिएको रकमको सम्बन्धमा प्रश्न उठाइएको छ । प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९÷८० मा संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम र पालिकाबाट स्वीकृत नीति तथा कार्यक्रम अनुसार करिब १०० जना विशिष्ट व्यक्तिहरुका नाममा स्थापित प्रतिष्ठान, फाउन्डेसन र अन्य संघसंस्थालाई अनुदान रकम वितरण गरिएको छ ।

प्रतिवेदनमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३० लाख रुपैयाँ, बीपी कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, पुष्पलाल स्मृति प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ र गणेशमान सिंह प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ अनुदान स्वरुप उपलब्ध गरिएको उल्लेख गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९÷८० मा जीपी कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, सुशील कोइराला प्रतिष्ठानलाई १ करोड २० लाख रुपैयाँ, रामराजाप्रसाद सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई ७५ लाख रुपैयाँ, पोष्टबहादुर बोगटी फाउण्डेशनलाई ७५ लाख रुपैयाँ र महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानलाई ६० लाख रुपैयाँ अनुदान स्वरुप प्रदान गरिएको प्रतिवेदनमा देखाइएको छ ।

त्यहीवर्ष सहिद प्रतिष्ठान नेपाललाई ७५ लाख रुपैयाँ, शहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशन नेपाललाई ७५ लाख रुपैयाँ, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रलाई ७५ लाख रुपैयाँ र प्रज्ञास्मृति प्रतिष्ठान चितवन का.म.पा. रुद्रमतीलाई ७५ लाख रुपैयाँ अनुदान स्वरुप दिइएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top