×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

फ्रान्समा म्याक्रोनको पार्टीलाई विस्थापित गर्न लागेको दल कस्तो हो ?

१८ असार २०८१

१७ असार,एजेन्सी ।

फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी त्यहाँको संसदीय चुनावको पहिलो चरणमा पछाडि परेको छ । सीएनएन रिपोर्टका अनुसार मरिन ले पेनको दक्षिणपन्थी राष्ट्रिय ¥याली (आरएन) पार्टीले पहिलो चरणमा अग्रता बनाएको छ भने म्याक्रोनको पार्टी तेस्रो स्थानमा झरेको छ ।

Advertisement

प्रारम्भिक अनुमान अनुसार नेशनल ¥याली (आरएन) को नेतृत्वमा दक्षिणपन्थी गठबन्धनले ३४ प्रतिशत मतका साथ पहिलो स्थानमा छ, जबकि वाम गठबन्धनले २८.१ प्रतिशत मत पाएको छ भने म्याक्रोनको पार्टीले २०.३ प्रतिशत मात्र मत प्राप्त गरेको छ । सीएनएनको रिपोर्टका अनुसार अर्को आइतबार दोस्रो चरणको मतदानपछि आरएनले ५७७ सिट भएको नेशनल एसेम्बलीमा २३० देखि २८० सिट जित्न सक्ने अनुमान गरिएको छ, जुन पूर्ण बहुमतका लागि आवश्यक २८९ सिटभन्दा कम हो ।

त्यस्तै वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले १२५ देखि १६५ सिट जित्ने अपेक्षा गरिएको छ, जबकि म्याक्रोनको एन्सेम्बल र उनका सहयोगीहरूले ७० देखि १०० सिट जित्न सक्ने अनुमान गरिएको छ । योसँगै फ्रान्सको राजनीतिमा नेशनल र्यालीको दबदबालाई बढाउँदै सत्ताको नजिक पु¥याएको छ ।

प्रवासीविरोधी नेसनल ¥यालीका नेता मरिन ले पेनले राष्ट्रपति इम्यानुअल म्याक्रोको समूह पूरै समाप्त भएको र आफ्ना कार्यकर्ता खुसीले झुमेको बताएकी छन् । नेसनल ¥यालीका अर्का २८ वर्षीय नेता जोर्डन बार्डेलाले भनेका छन्, “यदि, फ्रान्सका मानिसले मलाई मत दिन्छन् भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु ।”

फ्रान्सको राष्ट्रिय चुनावमा यसअघि कहिल्यै दक्षिणपन्थी पार्टीले पहिलो स्थान हासिल गरेको थिएन । मरिन ले पेन र जोर्डन बार्डेला फ्रान्सको ५७७ सदस्यीय संसद् नेसनल एसेम्बलीमा २८९ सिटका साथ बहुमत हासिल गर्न चाहन्छन् । दोस्रो चरणको निर्वाचनपछि नेसनल ¥यालीको सपना पूरा हुने अवस्था भने देखिएको छैन ।

फ्रान्समा कसैको पनि बहुमत नभएको त्रिशंकु अवस्था आउने देखिएको छ । यसले नेसनल ¥यालीले भनेजस्तै ट्याक्स कटौती र प्रवासीबारे आफ्नो कानुनी एजेन्डा लागू गर्न पाउने अवस्था छैन । राष्ट्रपति म्याक्रोँसामु चुनावको घोषणा गर्नुपर्नाको खास कुनै कारण थिएन । युरोपेली चुनावमा नेसनल ¥यालीलाई मिलेको जितपछि उनले भनेका थिए, “बहुत जवाफदेही समाधान छ ।

अब यो यस्तो जुवा साबित हुनेछ, जसले राजनीतिक उलटफेर गर्न सक्छ ।” यसपालिको चुनावमा सन् १९९७ पछि मतदानमा ज्यादा प्रतिशत मत खसेको जनाइएको छ । यस महिनाको सुरुमा, जुन ६ मा युरोपेली संसदको निर्वाचन भएको थियो । यस अवधिमा फ्रान्समा सबैभन्दा डरलाग्दो राजनीतिक परिस्थितिहरू थिए ।

यहाँ, फ्रान्सेली चरम दक्षिणपन्थी नेता मारिन ला पेनको राष्ट्रिय जुलुसले म्याक्रोनको पार्टीलाई ठूलो धक्का दिएको थियो । त्यसलगत्तै राष्ट्रपतिले अन्तिम नतिजा आउनुअघि नै अचानक नेसनल एसेम्बलीको चुनावको घोषणा गरेर सबैलाई चकित पारेका थिए । अब पहिलो चरणमा १२.५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका उम्मेदवारले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने छन् । दोस्रो चरणको मतदान जुलाई ७ मा हुने छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top