NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

समितिमा सुदन भड्किने, क्यान महानिर्देशक बोल्न नसक्ने

बिहिबार साउन १० , २०८१
Reading Time: 1 min read
A A
सरकार प्राधिकरणलाई बिभाजन गर्दै, नियामक र सेवाप्रदायक निकाय बनाइने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० साउन, काठमाण्डौ।

आज बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र हिजो बसेको सुनुवाइ समितिमा फरक प्रसंग तर उस्तै खालको गर्मागर्मी देखिएको छ । पहिला कुरा गरौं आजको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको ।

यो समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीबीच चर्काचर्की भएको छ ।

Advertisement

समिति बैठकमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितलाई छलफलका लागि बोलाइएको थियो ।

बैठकमा पूर्वपर्यटनमन्त्रीसमेत रहेका किराँतीले आफ्ना कुरा राखिरहेका थिए । त्यही क्रममा समिति सभापति यादवले समय कम छ भन्दै विषयबस्तुमा बोल्न किँरातीलाई आग्रह गरे ।

समिति सभापति यादवले विषयबस्तुमै केन्द्रित रहेर भनाइ छोट्याउन भनेपछि सांसद किराँती उनीप्रति आक्रोशित बने । र, समिति सभापति यादवलाई भने– ’म राजनीतिक मान्छे हो, टेक्निकल विषय म जान्दिनँ सभापतिज्यू । सबै कुरा राख्न पाउनुपर्छ । होइन भने तपाईंले किन यति धेरै एजेन्डा राख्नुभयो ।’

त्यसपछि समिति सभापति यादव पनि रोकिएनन् । र, फेरि भने– कुरा छोट्याउनुस् र टेक्निकल विषयमा बोल्नुस् । समिति सभापति यादवले कुरा छोट्याउन दोहो¥याएर भनेपछि सांसद किराँती त्यसपछि भने बैठक छोडेर बाहिर निस्किएका हुन् ।

किराँती निस्किए पनि बैठक भने चलिरहेको थियो । यस्तै सो समितिमा सौर्य एयरलाइन्स दुर्घटना र असम्बन्धित व्यक्तिहरु विमानमा सवार भएको विषयमा प्रश्न उठेको थियो ।

समितिको बैठकमा सांसदहरुले बुधबारको दुर्घटनाबारे प्रश्न गरेका थिए । तर नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सांसदहरुको प्रश्नलाई गम्भीर रुपमा नलिइ पन्छिए ।

सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चासमेत परेको भन्दै समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीमाथि प्रश्न गरेका थिए ।

तर अधिकारी भने सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए । कांग्रेस सांसद उदय शमशेर जबराले प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन् ।

अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै त्यसको जिम्मेवारी लिनु पर्ने बताए । हिजो बुधबार संसदको अर्को समिति सुनुवाइ समितिमा भने निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानसंग सांसदहरुले प्रश्नोउत्तर गरेका थिए ।

सांसदहरुले उनले नैतिक चरित्र उचो देखाउन नसकेको आरोप लगाएका थिए । तर संसदीय सुनुवाइ समितिलाई आफ्नो नैतिक चरित्रमाथि प्रश्न गर्ने अधिकार नभएको प्रधानले जवाफ दिए ।

सुनुवाइका क्रममा सांसदहरुले आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि गरेको यौन हिंसाको विषयसँग जोडेर प्रधानलाई प्रश्न गरेपछि उनले ‘उजुरीकै आधारमा’ आफ्नै नैतिक चरित्रमाथि प्रश्न गर्न नमिल्ने बताएका हुन्।

निर्वाचन आयुक्तमा संवैधानिक परिषद्ले सिफारिस गरेपछि सुनुवाइ समितिले असार ७ गते १० दिनको समय दिएर उनीविरुद्ध कुनै उजुरी भए दर्ता गर्न आह्वान गरेको थियो ।

उक्त समयमा प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए ।

समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो। पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित भनाइ राखेकी थिइन् ।

बुधबार सुनुवाइ समितिका सबैजसो सांसदले निर्वाचन आयुक्त हुन संविधानको धारा २४५ को उपधारा ६ (घ)ले ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै ‘यौन हिंसाको आरोप लागेको तपाईंसँग त्यो योग्यता छ?’ भनी प्रश्न गरे ।

कांग्रेस सांसद ईश्वरी न्यौपानेले नैतिकताको हिसाबले प्रधानलाई निर्वाचन आयोगमा जान उपयुक्त हुन्छ कि हुन्न भन्ने प्रश्न गरिन्।

कांग्रेसका सांसद जीवन परियारले प्रधानले अदालतमा यौन हिंसाको विषयमा मिलापत्र गरेको आदेश सुनाउँदै सही वा गलत के भएको हो भनी प्रश्न गरे।

एमालेका प्रमुख सचेत महेश बर्तौलाले समितिमा परेको उजुरीको कानुनी पक्षभन्दा बाहिर रहेर व्यवहारिक रुपमा आफूलाई उपयुक्त पात्र भएको प्रमाणित गर्न आग्रह गरे ।

माओवादीका सांसद जगप्रसाद शर्माले चरित्रको मापन यौन मात्रै हो भनी प्रश्न गरे? उनले प्रधानलाई सोधे, ‘मानव सभ्यताको दृष्टिकोणबाट हेर्दा चरित्रलाई निर्धारण गर्ने कुरा के हो? केवल यौन मात्रै हो? या अरु पाटा÷पक्षहरु पनि त्यसका हुन्छन? यो एउटा छलफल, बहसकै विषय होला।

माओवादीकै जनार्दन शर्माले अदालतमा मिलापत्र गरेको कागज कानूनी हिसाबले ठीक भए पनि नैतिक पक्षबारे सोच्नुपर्ने बताए। रास्वपाका डोलप्रसाद अर्यालले पनि नैतिक पक्षबारे जवाफ दिन आग्रह गरे।

उनले पीडितलाई एक करोड २५ लाख दिएर मिलापत्र गरेको प्रमाण देखाउँदै त्यसको स्रोतबारे बताउन भनेका थिए ।

संसादहरुको जवाफमा प्रधानले आफ्नो चरित्रमाथि प्रश्न नै नउठेको र संसद्ले उजुरीकै आधारमा आफ्नो चरित्रमाथि प्रश्न गर्न उपयुक्त नहुने बताएका थिए ।

प्रधानको जवाफपछि समितिको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ। साउन १८ गतेभित्र उनलाई समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा स्वतः नियुक्तिका लागि योग्य हुनेछन्।

Tags: #यौन दुराचारको आरोप#समितिमा सुदन भड्किने

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.