NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

राजनीतिक अस्थिरतामा विश्व कीर्तिमान बनाएको नेपाल

शुक्रबार साउन ११ , २०८१
Reading Time: 2 mins read
A A
राजनीतिक अस्थिरतामा विश्व कीर्तिमान बनाएको नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
११ साउन , काठमाण्डौ ।
प्रचण्ड सरकार ढलेसँगै केपी शर्मा ओली देशको चौथो पटक प्रधानमन्त्री बनेपछि फ्रान्सको चर्चित पत्रिका ले मोन्डेले लेख्यो  ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन)  समाचारमा भनिएको  थियो ।
सानो हिमाली गणतन्त्रमा   नयाँ  प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ  लिए ।
सन् २०२२ को तथ्यांकअनुसार फ्रान्समा अपराह्नकालीनले मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने जनाइएको छ । यो खबरले नेपालको राजनीतिक अस्थिरताको विश्वभर नै भण्डाफोर गरिदिएको छ ।  यसबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनपटक, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला एक–एक पटक, शेरबहादुर देउवा दुईपटक र केपी ओली चारपटक प्रधानमन्त्री भइसकेका छन् ।
कसको नेतृत्व कहिले  ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’
–२०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म
–२०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म
–२०७९ पुस १० देखि २०८१ असार २९ सम्म
माधव कुमार नेपाल
–२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म
झलनाथ खनाल
–२०६७ माघ २३ देखि २०६८ भदौ ११ सम्म
बाबुराम भट्टराई
–२०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म
खिलराज रेग्मी
–२०६९ चैत १ देखि २०७० माघ २८ सम्म
सुशील कोइराला
–२०७० माघ २८ देखि २०७२ असोज २४ सम्म
केपी शर्मा ओली
–२०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म
– २०७४ फागुन ३ देखि २०७८ वैशाख ३० सम्म
–२०७८ वैशाख ३० देखि २०७८ असार २८ सम्म
–२०८१ असार ३० देखि
शेरबहादुर देउवा
–२०७४ जेठ २४ देखि २०७४ फागुन ३ सम्म
– २०७८ असार २९ देखि २०७९ पुस ९ सम्म
१६ वर्षमा कसका मन्त्री कति ?
गणतन्त्रस्थापना पछिको १६ वर्षमा प्रधानमन्त्री १४, उपप्रधानमन्त्री ३५, मन्त्री ३७६ राज्यमन्त्री १०८ र सहायकमन्त्री २ जना भएका छन् ।
–प्रचण्ड सरकारमा पटक–पटक गरी उपप्रधानमन्त्री १२, मन्त्री १०९ मन्त्री र सहायकमन्त्री ९ जना
–माधव नेपाल सरकारमा उपप्रधानमन्त्री २, मन्त्री २७ जना र राज्यमन्त्री १६ जना
–झलनाथ खनाल सरकारमा उपप्रधानमन्त्री ३, मन्त्री ३१, राज्यमन्त्री १२ जना
–बाबुराम भट्टराई सरकारमा उप्रधानमन्त्री २, मन्त्री ४१, राज्यमन्त्री २० जना
–खिलराज रेग्मी मन्त्री ११
–सुशील कोइराला सरकारमा उपप्रधानमन्त्री २, मन्त्री २२ र राज्यमन्त्री २ जना
–केपी ओली ९यसपटक समेत० सरकारमा उपप्रधानमन्त्री ११, मन्त्री ७९, राज्यमन्त्री १६ र सहायकमन्त्री २ जना
–शेरबहादुर देउवा सरकारमा उपप्रधानमन्त्री ३, मन्त्री ५६ र राज्यमन्त्री ३३
राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन ।  त्यसैले दलहरु राजनीतिक परिवर्तन भयो अब जनताको अवस्था परिवर्तन भन्दै सरकार नै फेरबदल गरिरहेका छन् ।
पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै संघीय लोकततान्त्रिक गणतन्त्र घोषणा गरेपछिको १६ वर्षयता १४ प्रधानमन्त्री र ५ सय २१ उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्री भएका छन् ।
राजकीय सत्ता र शक्तिमा रहेर उनीहरूले अथाह सेवासुविधा लिए तर आम जनतालाई दिनुपर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सकेनन् भने विकास र सुशासनसमेत निकै कमजोर बन्न पुग्यो ।
त्यसैले जनतामा राजनीति र नेताप्रति नै चरम निराशा छाउन पुगेको छ । यो कुरा स्वयम नेताहरु नै स्वीकार गर्ने गर्दछन् । यस अवधिमा चौध सरकारका उपप्रधानमन्त्री ३५, मन्त्री ३ सय ७६ जना, राज्यमन्त्री १ सय ८ र २ जनाले सहायकमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।
यही तथ्यांकभित्रकै पात्रहरूमध्ये धेरैजसो पटकपटक सरकारको नेतृत्व गर्ने र मन्त्रीमा दोहोरिएका छन् । तर, उनीहरूको कार्यशैलीमा परिवर्तन नआउँदा नागरिकले परिवर्तनको  अनुभूति गर्न नपाएका हुन् ।
नागरिकले न्यूनतम कुराहरू, गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । युवाहरू रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अझै बढेको छ । निःशुल्क भनिएको स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी खर्च गर्नुपर्ने नेपालीहरूको बाध्यता छ ।
 यो कुरा प्रधानमन्त्री हुँदै स्वयम केपी शर्मा ओलीले समेत स्वीकारेका छन् । उनले भनेका छन् देशको अवस्था प्रशंसा गर्न लायक  छैन् । उनले भनेका छन्, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था।
देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’
ओलीले वर्तमान सरकारप्रति जनताको आशा जगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्   , यद्यपि अब उनले जनाएको प्रतिबद्धतालाई व्यवहारमा कसरी कार्यान्वयन गर्दछन् त्यो भने हेर्न बाँकी छ ।
LS Auto
Tags: #राजनीतिक अस्थिरता#विश्व कीर्तिमान

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.