×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

राजनीतिक अस्थिरतामा विश्व कीर्तिमान बनाएको नेपाल

११ श्रावण २०८१
११ साउन , काठमाण्डौ ।
प्रचण्ड सरकार ढलेसँगै केपी शर्मा ओली देशको चौथो पटक प्रधानमन्त्री बनेपछि फ्रान्सको चर्चित पत्रिका ले मोन्डेले लेख्यो  ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन)  समाचारमा भनिएको  थियो ।
सानो हिमाली गणतन्त्रमा   नयाँ  प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ  लिए ।
सन् २०२२ को तथ्यांकअनुसार फ्रान्समा अपराह्नकालीनले मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने जनाइएको छ । यो खबरले नेपालको राजनीतिक अस्थिरताको विश्वभर नै भण्डाफोर गरिदिएको छ ।  यसबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनपटक, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला एक–एक पटक, शेरबहादुर देउवा दुईपटक र केपी ओली चारपटक प्रधानमन्त्री भइसकेका छन् ।
कसको नेतृत्व कहिले  ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’
–२०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म
–२०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म
–२०७९ पुस १० देखि २०८१ असार २९ सम्म
माधव कुमार नेपाल
–२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म
झलनाथ खनाल
–२०६७ माघ २३ देखि २०६८ भदौ ११ सम्म
बाबुराम भट्टराई
–२०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म
खिलराज रेग्मी
–२०६९ चैत १ देखि २०७० माघ २८ सम्म
सुशील कोइराला
–२०७० माघ २८ देखि २०७२ असोज २४ सम्म
केपी शर्मा ओली
–२०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म
– २०७४ फागुन ३ देखि २०७८ वैशाख ३० सम्म
–२०७८ वैशाख ३० देखि २०७८ असार २८ सम्म
–२०८१ असार ३० देखि
शेरबहादुर देउवा
–२०७४ जेठ २४ देखि २०७४ फागुन ३ सम्म
– २०७८ असार २९ देखि २०७९ पुस ९ सम्म
१६ वर्षमा कसका मन्त्री कति ?
गणतन्त्रस्थापना पछिको १६ वर्षमा प्रधानमन्त्री १४, उपप्रधानमन्त्री ३५, मन्त्री ३७६ राज्यमन्त्री १०८ र सहायकमन्त्री २ जना भएका छन् ।
–प्रचण्ड सरकारमा पटक–पटक गरी उपप्रधानमन्त्री १२, मन्त्री १०९ मन्त्री र सहायकमन्त्री ९ जना
–माधव नेपाल सरकारमा उपप्रधानमन्त्री २, मन्त्री २७ जना र राज्यमन्त्री १६ जना
–झलनाथ खनाल सरकारमा उपप्रधानमन्त्री ३, मन्त्री ३१, राज्यमन्त्री १२ जना
–बाबुराम भट्टराई सरकारमा उप्रधानमन्त्री २, मन्त्री ४१, राज्यमन्त्री २० जना
–खिलराज रेग्मी मन्त्री ११
–सुशील कोइराला सरकारमा उपप्रधानमन्त्री २, मन्त्री २२ र राज्यमन्त्री २ जना
–केपी ओली ९यसपटक समेत० सरकारमा उपप्रधानमन्त्री ११, मन्त्री ७९, राज्यमन्त्री १६ र सहायकमन्त्री २ जना
–शेरबहादुर देउवा सरकारमा उपप्रधानमन्त्री ३, मन्त्री ५६ र राज्यमन्त्री ३३
राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन ।  त्यसैले दलहरु राजनीतिक परिवर्तन भयो अब जनताको अवस्था परिवर्तन भन्दै सरकार नै फेरबदल गरिरहेका छन् ।
पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै संघीय लोकततान्त्रिक गणतन्त्र घोषणा गरेपछिको १६ वर्षयता १४ प्रधानमन्त्री र ५ सय २१ उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्री भएका छन् ।
राजकीय सत्ता र शक्तिमा रहेर उनीहरूले अथाह सेवासुविधा लिए तर आम जनतालाई दिनुपर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सकेनन् भने विकास र सुशासनसमेत निकै कमजोर बन्न पुग्यो ।
त्यसैले जनतामा राजनीति र नेताप्रति नै चरम निराशा छाउन पुगेको छ । यो कुरा स्वयम नेताहरु नै स्वीकार गर्ने गर्दछन् । यस अवधिमा चौध सरकारका उपप्रधानमन्त्री ३५, मन्त्री ३ सय ७६ जना, राज्यमन्त्री १ सय ८ र २ जनाले सहायकमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।
यही तथ्यांकभित्रकै पात्रहरूमध्ये धेरैजसो पटकपटक सरकारको नेतृत्व गर्ने र मन्त्रीमा दोहोरिएका छन् । तर, उनीहरूको कार्यशैलीमा परिवर्तन नआउँदा नागरिकले परिवर्तनको  अनुभूति गर्न नपाएका हुन् ।
नागरिकले न्यूनतम कुराहरू, गाँस बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । युवाहरू रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अझै बढेको छ । निःशुल्क भनिएको स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी खर्च गर्नुपर्ने नेपालीहरूको बाध्यता छ ।
 यो कुरा प्रधानमन्त्री हुँदै स्वयम केपी शर्मा ओलीले समेत स्वीकारेका छन् । उनले भनेका छन् देशको अवस्था प्रशंसा गर्न लायक  छैन् । उनले भनेका छन्, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था।
देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’
ओलीले वर्तमान सरकारप्रति जनताको आशा जगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्   , यद्यपि अब उनले जनाएको प्रतिबद्धतालाई व्यवहारमा कसरी कार्यान्वयन गर्दछन् त्यो भने हेर्न बाँकी छ ।
Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top