NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

युनुसको आज शपथ, कस्तो बन्ला बंगलादेशको सरकार ?

बिहिबार साउन २४ , २०८१
Reading Time: 1 min read
A A
युनुसको आज शपथ, कस्तो बन्ला बंगलादेशको सरकार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ साउन , विराटनगर।

दर्शकबृन्द, आज तपाइँहाम्रो नव युगको नयाँ सारथी नेपाल टाइम्स अनलाइन टेलिभिजनले सातौं वर्ष पुरा गरेको छ । यो सात वर्ष पारगरि आठौं वर्षमा खुट्किला चढ्दै गर्दा यहाँहरुको निरन्तरको साथ, सर्मथन र विश्वास हाम्रालागि अक्सिजन बनेको छ । अघि बढीरहने बलियो आधार बनेको छ । आज यो खुसी तपाइँहरुसंगै साट्न पाउँदा हामी निकै नै गौरवान्वित छौं ।

यहाँहरु सम्पूर्णलाई वार्षिक उत्सवको हार्दिक शुभकामना । अब लागौं आजको विषयवस्तुतर्फ । नेपालजस्तै राजनीतिक अस्थिरता भएका मुलुकहरुका लागि र आफ्नो प्रभाव बढाउने होडमा रहेका शक्तिराष्ट्रहरुका लागि बंगलादेश यतिबेला हट टपिक भएको छ । विशेषगरी चीन, भारत, पाकिस्तानदेखि अमेरिका, बेलायतसम्मले यसलाई नजिकबाट नियाली रहेका छन् ।

एकातिर त्यहाँ रहेका आफ्ना नागरिकहरुको चिन्ता छ भने अर्कातिर अब बंगलादेशको सत्ता कसरी आफूतर्फ ढल्काउन सकिन्छ भन्नेमा शक्तिराष्ट्रहरु हिसाबकिताब गरिरहेका छन् । भारतलाई यसमा सबैभन्दा धेरै चिन्ता छ, किनभने हसिना सरकार जो उसको निकट थियो अब फुत्किएको छ । यसबीच उता बंगलादेशमा भने अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन् ।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए । पेरिसबाट आज दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २ः१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन् । बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन् । युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहकार समिति गठन गर्ने तयारी गरेको बताइएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।

साथै जमानले बंगलादेशमा ३–४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेको समेत जानकारी दिए । उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

युनुसको आगमनमा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)ले ढाकाको नयाँ पल्टनमा ¥याली समेत गर्न लागेको छ ।उता देश फर्कनुअघि युनुसले आन्दोलनमा सहभागी विद्यार्थी र विद्यार्थीको आन्दोलनलाई बुलन्द बनाउन सहयोग गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन् । आफ्नो अफिसियल वेभसाइट युनुस सेन्टरमार्फत विज्ञप्ती जारी गर्दै उनले नयाँ जितको राम्रो सदुपयोग गर्न र शान्त रहन पनि आह्वान गरेका छन् ।

‘कृपया सबै प्रकारको हिंसाबाट बच्नुहोस्। म सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक व्यक्तिहरूलाई शान्त रहन आग्रह गर्दछु। यो हाम्रो सुन्दर देश हो जहाँ धेरै रोमाञ्चक सम्भावनाहरू छन्। हामीले यसलाई हाम्रो र हाम्रा भावी पुस्ताहरूका लागि सुन्दर देश बनाउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । उनले नयाँ संसार सिर्जनाका लागि नेतृत्व दिन तयार रहेका युवाहरू कुनैपनि अर्थहीन हिंसामा गएर मौका गुमाउन नहुने पनि बताएका छन् ।

‘कृपया थप शत्रुहरू सिर्जना नगर्नुहोस्। शान्त हुनुहोस् र देश निर्माणको लागि तयार हुनुहोस्,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘ यदि हामीले हिंसाको बाटो लियौं भने सबै नष्ट हुनेछ। कृपया शान्त रहनुहोस्। आफ्नो वरपरका मानिसहरूलाई शान्त रहन मद्दत गर्नुहोस्।‘यता बंगलादेशबाट भागेर भारत पुगेको दुई दिन बितिसक्दा पनि शेख हसिनाले कहाँ शरण लिन्छिन्, स्पष्ट छैन । उनको लागि अहिलेलाई बेलायत र अमेरिकाको ढोका बन्द भइसकेको संकेत देखिएको छ ।

हसिनाले बेलायतमा राजनीतिक शरण नपाएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । त्यसैले उनी अहिले अन्य विकल्पको खोजीमा छिन् । हसिनाले यूएई, साउदी अरब र फिनल्यान्डमा शरणका लागि कोसिस गरिरहेको बताइएको छ । तर, उनका छोरा सजीव वाजेद जोयले भने हसिनाले कहीँ पनि शरण नखोजेको दाबी गरेका छन् । उनले हसिना आफ्नो परिवारका सदस्यहरू रहेको अमेरिका, बेलायत, फिनल्यान्ड र भारत यात्रा गर्नसक्ने बताएका छन् । जोयले आफू वासिङ्टनमा, सानीमा लन्डनमा र दिदी दिल्लीमा बस्ने गरेको बताएका छन् ।

अमेरिकाले भने उनको भिसा रद्द गरिदिएको खबर छ । मंगलबार हसिना अझै केही दिन भारतमा रहनसक्ने खबर बाहिरिएको थियो । यसबीच गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । सबैले विश्वास गरेका युनुसले नै अब बंगलादेशलाई नयाँ बाटोमा लैजाने छन् ।

यसमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: # कस्तो बन्ला बंगलादेशको सरकार ?#नेपाल टाइम्स् ट्रेडिंग#युनुसको आज शपथ

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.