×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

नेपाल टाइम्समा नयाँ योजनासहित सिद्धिकीको ‘कमब्याक’

२४ श्रावण २०८१

२४ साउन , विराटनगर ।

नेपाल टाइम्स मिडिया प्रा.लि. आठौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भएको संस्था बिहीबार सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको हो ।  देशकै अग्रणी अनलाइन  टेलिभिजनका रुपमा स्थापित भईसकेको नेपाल टाइम्सले स्थापना दिवसकै अवसरमा बिहिबार संस्थापक तथा प्रवन्ध निर्देशक सैहैन्सा सिद्धिकीलाई पुनः स्वागत गरेको छ । नेपाल टाइम्सका निर्देशक मुकुल दाहालसहित मिडिया हाउसमा कार्यरत पत्रकारसहित कर्मचारीहरुले सिद्धिकीलाई स्वागत गरेका छन् ।

Advertisement
Advertisement

करिब १९ महिना थुनामा परेपछि मिडिया क्षेत्रबाट अलग्गिन बाध्य बनेका सिद्धिकीको ‘नेपाल टाइम्स’ मा पुनरागमन भएको हो । कतै क्षमताभन्दा दोब्बर त कतै तेब्बर । नेपालका कारागारमा कैदीबन्दीको संख्याबारे जानकार नै थिए, विराटनगरका सैहैन्सा सिद्धिकी (अब्दुल खताब) । मान्छेमाथि मान्छे खाँदिएर बस्नुपर्ने पीडाबारे बोध थियो, उनमा । त्यी कैदीहरूको हुलमा मिसिन मोरङ कारागार चलान हुँदैथिए, उनी पनि ।

झन्डै दुई वर्षअघि मोरङ कारागारमा बन्दी बन्नेगरी जाँदैगर्दा मैले टेकेको जमिन धसेजस्तो लागेको थियो,’ कारागार अनुभव सुनाउँदै सिद्धिकी भन्छन्, ‘मनमा अनगिन्ती डर थियो । क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको कारागारमा कसरी रहन सकिएला भन्ने पीरले सताइरहन्थ्यो । जेलमुक्त हुने प्रतीक्षामा १९ महिनाको समय बितेछ । पुनः कार्यथलो फर्किन सफल भएँ ।’

कारागार बसाइले थप दृढ र प्रेरित बनेका मिडिया उद्यमी सिद्धिकी नयाँ ‘मिसन’ सहित सञ्चार जगतमा पुनरागमन गरेका हुन् । लगानीकर्तासँगको आपसी ‘टकराव’ ले निम्त्याएको समस्या मोरङ प्रहरीसम्म पुगेपछि सिद्धिकी २०७९ मंसिर २९ गते प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । मोरङ अदालतले पुस २८ गते पुर्पक्षका लागि थुनामा पठाएपछि उनले डेढ वर्षको समय मोरङ कारगारमा रहनुप¥यो ।

त्यसअघि एक महिनाको समय भने उनले मोरङ प्रहरीको हिरासतमा बस्नुपरेको थियो । दुई साझेदारबीचमा भएको आपसी मतभेदका कारण बन्दी बनेका सिद्धिकीले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि डेढ वर्षभन्दा बढी समय कुर्न परेको थियो । प्रशासनिक र कानुनी उल्झनका कारण ३८औं पटकको पेसीमा सुनुवाइ सकेर फैसला आउँदा सिद्धिकीले सफाइ पाए ।

गत असार २१ गते मोरङ अदालतले निर्दाेष रहेको फैसला गरेपछि कारागारमुक्त भई सामान्य जीवनमा फर्किएका उनी नेपाल टाइम्समा पुनः पूरानै जिम्मेवारीमा फर्किएका हुन् ।

‘अनलाइन टिभी’ को स्वरूपबारे देशका अरू मिडिया सञ्चालकहरूलाई ज्ञात दिलाइदिएका सिद्धिकी केही नयाँ योजना र ‘पोलिसी’ प्रति प्रश्न उठान गर्ने कामलाई निरन्तरता दिने अठोटका साथ पुनः काममा फर्किएको बताउँछन् ।‘हुन त मैले कारगारको जीवन ब्यतित गरिरहँदा र त्यसअघि पनि नेपाल टाइम्सको टिम पोलिसीलाई प्रश्न गर्ने काममा तल्लीन नै बन्यो,’ उनी भन्छन्, ‘नीति–नियमलाई आत्मसात् गरी सरोकारवालालाई प्रश्न गर्ने हाम्रो कामलाई निरन्तरता दिने अनि सातै दिन २४ घण्टे प्रकाशन–प्रसारणको काम गर्नेगरी टिम डेभलप गरेको छु । हरपल सूचनाको सारथी बन्ने अनलाइन टेलिभिजनमा नेपाल टाइम्स देशभरिकै ठूलो हो ।’आफ्नो आमगनबाट नेपाल टाइम्सका पाठक–दर्शकले पृथक आयामहरू पाउनेमा सिद्धिकी विश्वस्त छन् ।

आफ्नो १९ महिनाको मिडिया ‘ग्याप’ मा सिर्जित नयाँ सोच दर्शकले कोसेलीस्वरूप पाउने बताउँदै उनी भन्छन्, ‘इन्टरनेटमार्फत् प्रकाशित–प्रसारित सामग्री विश्वव्यापी हुन्छन् । यसैले हामी ग्लोबल प्लेटफर्ममा छौं । हाम्रा सूचनामूलक सामग्री दर्शक–पाठकसमक्ष पुग्न केहीको अवरोध छैन् । त्यसकारण पनि कुनै झिल्कोले आगोको रूप लिन सक्छ । हामीले तथ्यमा आधारित भई फरक दृष्टिकोणबाट कथा बुन्यौं भने त्यो कन्टेन्ट थप विश्वसनीय बन्न सक्छ ।’

 

अनलाइन टेलिभिजन’ भन्ने शब्दभित्र व्यावसायिकता भर्न आफू तल्लीन रहने उनको भनाइ छ । हुन त कारागारबाटै पनि सिद्धिकीले नेपाल टाइम्समा सिर्जनशीलताका अनेक रङ भरेकै थिए । आफ्ना दुई साझेदार मुकुल दाहाल र सादिक हसनसहित नेपाल टाइम्सकर्मीसँग निरन्तरको ‘कम्युनिकेसन’ ले गर्दा पनि व्यक्तिगत र व्यावसायिक रूपमा सकारात्मक नतिजा आएको उनी बताउँछन् । अब, पुनः मिडियामार्फत् नै समाज र देश बदल्ने प्रयत्नमा नेपाल टाइम्सको टिम लाग्ने उनको प्रतिबद्धता छ ।

को हुन्, सिद्धिकी ?

मिडिया क्षेत्र व्यवसायिक बनाउँदै यस क्षेत्रलाई उकास्न संघर्षरत सञ्चार उद्यमीमध्येका एक हुन्, सिद्धिकी । सिरहाको सिरहा नगरपालिका–४ घर भएका उनी विराटनगरबाट सञ्चालित ‘आवर विराटनगर डटनेट’ मा काम गर्न थालेपछि मिडियाप्रति आकर्षित् बनेका थिए । भानु कलेजमा प्रवीणता तह अध्ययन गर्दैगर्दा उनी त्यसलाई बीचैमा छोडेर पत्रकारिता पढ्न सिटी कलेज हानिए ।

डेढ वर्ष ‘ओबी’ मा बजार व्यवस्थापकको भूमिका निर्वाह गरेपछि उनले २०७४ सालमा आफ्नै मिडियाका रूपमा नेपाल टाइम्सको सुरुवात गरेका थिए । भिडियो सामग्रीलाई प्राथमिकतामा राखेर सुरुमा एउटा फेसबुक पेजबाट मात्र थालनी भएको नेपाल टाइम्स अहिले अनगिन्ती दर्शकका लागि सूचनाको सारथी नै बनेको छ ।

‘त्यस बेलादेखि ममा केही गर्ने हुटहुटी थियो । तर, स्रोत–साधनको अभाव निकै थियो,’ विगत सम्झिँदै उनी भन्छन्, ‘स्रोत–साधनको अभावका बाबजुत पनि मेरो सोचले नयाँ दिशा लियो । संघर्ष गर्दैजाँदा बाटाहरू खुल्दै गए । स्टुडियो बनाइयो, अफिस सेट गरियो, टिम डेभ्लप गरेर अहिले यहाँसम्म आइपुगेका हौं ।’

एक त मुस्लिम समुदायबाट र अर्को १७ वर्षकै कलिलो उमेरमा मिडिया उद्यमी बनेका उनी सम्भवत सञ्चार उद्यमीमध्ये नेपालकै पहिलो पनि हुन् । सानै उमेरबाट नेपाल टाइम्स मिडियालाई देश–विदेशमा लोकप्रिय र अब्बल बनाएका उनको मिडिया अनुभव एक दशकको छ । सुरुआतदेखि नै उनी नेतृत्वको टिमले नेपाल टाइम्सलाई एउटा नयाँ उचाइ दिएको थियो, जसमा सबैको मेहनत, लगनशीलता र निरन्तरताको देन छ ।

प्रारम्भदेखि नै ‘नेपाल टाइम्स टप–१५ बुलेटिन’, ‘नेपाल टाइम्स टप–५० बुलेटिन’, ‘नेपाल टाइम्स ट्रेन्डिङ’, ‘नेपाल टाइम्स समाचार’ र ‘नेपाल टाइम्स वर्ल्ड न्युज’ लगायत नेपाल टाइम्सद्वारा प्रसारित सञ्चार सामग्रीप्रति दर्शकको साथ र उत्साह ज्यादै रहदै आएको छ ।नेपाल टाइम्समा दिनभरिमै २५ भन्दा बढी समाचारजन्य भिडियो प्रसारित हुने गरेका छन् । त्यसमा दर्शकको साथ उत्तिकै मात्रामा थपिनेक्रम बढेको छ ।

यसको आधारमा पनि नेपाल टाइम्स देशकै ठूलो अनलाइन टेलिभिजन हो । सुरुदेखि नै आत्मनिर्भर मिडियाका रूपमा विकास भएको नेपाल टाइम्सले गुणस्तरीय र विश्वसनीय समाचारजन्य सामग्री उत्पादनमा थप निखार ल्याउँदै यससँग आबद्ध श्रमजीविहरूको जीवनस्तर उकास्ने काममा ध्यान दिने धोको सिद्धिकीको छ ।

जेलभित्रको संघर्ष :

अरूका लागि कारागार भनेको सुधारगृह हो, जहाँबाट आफूलाई सुधारेर जीवन जिउन जानियोस् । तर, सिद्धिकीका लागि जेल संघर्षको रणमैदान हो भन्दा फरक नपर्ला ! जेल चलान हुँदैगर्दा त्यहाँको वातावरण देखेर उनको मन नआत्तिएको होइन । जिन्दगी नै सकिएको हो कि! भन्ने पिरलोले उनलाई बेस्सरी सतायो । रातमा निन्द्रा परेन । सुरुका चार महिनाजतिको समय त उनी डिप्रेसनको सिकार नै बनेका थिए । त्यसपछि उनी आफ्ना लागि आफै प्रेरणा बने, आफूले गर्नैपर्छ भन्ने अठोट लिए अनि फेरि सुरु भयो, उनको संघर्ष ।

उनले मनमनै सोचे, ‘मलाई सक्ने रणनीतिका साथ यहाँ पु¥याइएको हो । त्यसैले यहाँ निराश बनेर होइन, यहाँबाट निस्कने आश लिएर अगाडि बढ्नुपर्छ ।’ आफ्नो मनोभाव पछ्याउँदै उनले नैराश्यपनादेखि उन्मुक्त हुन कसरत थाले । स्वास्थ्योवस्था खस्किन नदिन जिम जोइन गरे, ध्यानका केही विधि अपनाए । आफूमा सकारात्मक ऊर्जा भर्नमा तल्लीन बने, उनी ।

पत्रकारिता विषयलाई नजिकबाट नियालेका सिद्धिकी आफ्नो ज्ञानलाई तिखार्न पत्रपत्रिकामा प्रकाशित लेख–रचना पढ्ने, टेलिभिजनमा प्रसारित सञ्चारसामग्री हेर्ने र पुस्तकालयमा घण्टौं बिताउने काममा त्यो समयावधिभरि लागिरहे ।‘कारागारमा मेरो शरीर कैद थियो, सूचना ग्रहण गर्ने मेरो मष्तिष्क भने स्वतन्त्र थियो । यसैले पनि म आफ्नो न्यायिक प्रक्रिया सक्नेगरी पहल गर्न तत्पर भइरहेँ ।

ढिलो–चाँडो मैले जेलमुक्त भएर आवाजविहीनहरूका लागि बोल्नैपर्छ भन्ने सोचेँ । आफूलाई बजारमा पूरानै सैहैन्सा सिद्धिकीका रूपमा उभ्याउने ऊर्जा थप्न पनि अध्ययन गर्ने तथा पत्रकार र विज्ञहरूलाई सुन्ने काम गरिरहेँ,’ उनी सुनाउँछन् । नेपाल टाइम्स हाँकिरहेका उनले सम्पर्क विस्तारको काम कहिल्यै छोडेनन् । त्यससँगै उनले आफ्नो न्यायका लागि लडाइँ लड्नेक्रमलाई पनि अगाडि बढाइरहे । मुद्दाको दफा–दफाबारे जानकारी लिन आफ्ना वकिलसँग नियमित सम्पर्क बनाए ।

उनको दाबी छ, ‘अदालतले त पछिमात्र न्याय दिएको हो, त्यसअघि नै मलाई सिंगो विराटनगरले सफाइ दिइसकेको थियो ।’ हुन पनि, सिद्धिकीलाई न्याय दिन ढिलो भइरहेको छ भन्ने विषयमा विराटनगरका प्रतिष्ठित सामाजिक अभियन्ता वसन्त अधिकारीलगायत थुप्रै अभियन्ता एकठाउँ भएका थिए । जनस्तरमा पनि उनको रिहाइको माग दिनानुदिन बढिरहेको थियो ।

तर, कानूनी र प्रशासनिक उल्झनले गर्दा उनको न्यायिक प्रक्रिया लम्बियो । ‘न्यायमा ढिलाइ भनेको अन्यायसरह हो’ भन्ने सर्वव्यापी मान्यताविपरीत गएरै भए पनि उनले धैर्यता सिके । नखाएको विष लाग्यो भनेर कतिपय अप्रिय निर्णयसम्म पुग्न सक्थे । तर, सिद्धिकीको त्यो धैर्यताले आज उनलाई पुनः त्यही ठाउँमा पु¥याएको छ, जहाँबाट उनी सफलताउन्मुख हुनेक्रममा थिए ।

सिद्धिकीको शब्दमा जेल :

कारागार जानेर होस् वा नजानेर होस्, जो पनि पुग्न सक्छ । मेरो साझेदारसँगको मतभिन्नताले गर्दा म त्यहाँ पुगेँ । इख साँध्न पनि कसैले कसैलाई जेल पु¥याइदिन सक्छन् । भौतिक संरचनाको अभावका कारण क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा जेलजीवन सकसपूर्ण छ । साढे २९ हजार कैदीबन्दी भएको देशभरिका जेलको क्षमता जम्मा साढे नौ हजारको छ । त्यहाँ मानव अधिकार हनन्का घटना पनि अत्यधिक हुन्छन् ।

यस्ता विषयसँग सम्बन्धित प्रश्नहरूका उत्तर दिन अयोग्य छन्, सरोकारवाला निकाय । खैर ! यो परिस्थिति सुधारोन्मुख छ, यसबारे धेरै चासो–चिन्ता नगरौं । तर, जेल प¥यो भन्नेबित्तिकै समाजले हेर्ने नजरमा फेरबदल गर्न जरुरी ठान्छु म । अनि, जेल पर्दैमा जेलअवधिभर आफूमा नैराश्यता भर्न पनि आवश्यक ठान्दिनँ । त्यहाँबाट निस्किएर नयाँ जीवनको थालनी गर्न सकिन्छ ।

सरकारले कसैलाई पनि सुत्नका लागि जेलमा बन्द गरेको होइन । कैद भुक्तान गर्नेहरूले पढ्न पाउनुपर्छ, खान पाउनुपर्छ, सूचना लिनका टिभी हेर्न, पत्रपत्रिका पढ्न पाउनुपर्छ । बरु, सीप सिकाएर उत्पादनमुखी काममा लगाउन सकिए कैदीको जीवनयापनमा सहजता र दक्ष जनशक्तिको उत्पादन पनि हुन्छ । यी विषयमा सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

अन्त्यमा : कहिलेकाहीँ जिन्दगीमा जटिल परिस्थितिको सामना गर्नुपर्दोरहेछ भन्ने कुरामा ज्ञात भएको छु । त्यही परिस्थितिबाट सामान्य अवस्थामा फर्काउनका लागि साथ, सहयोग, सुझाव दिनुहुने सबैप्रति कृतज्ञ छु । विशेषगरी, सामाजिक अभियन्ता दाइ वसन्त अधिकारी तथा दाइ शोरेज राज वन्त र अब्दुल वकारप्रति आभार व्यक्त गर्दछु । अनन्त साथ र विश्वासका लागि मामाहरू असद अली, मोहसिन अली, सानोबुबा सादिक हसन, आमा असगरी खातुन, नसरिन हसन, नजराना बानु अनि भाइ मोहम्मद सम्सप्रति पनि साधुवाद ।

यस्तै, न्यायिक योद्दाहरू रुपेश कोइराला, स्वागत नेपाल, विनोद तिमल्सिना, रमेश कोइराला, भोजराज श्रेष्ठ, दीपक पोखरेल, इन्सेक कोशी प्रदेश अध्यक्ष सोमराज थापालगायतलाई पनि धन्यवाद भन्दै मेरो विषयमा समाचार सम्प्रेषण गर्ने मिडिया जगतलाई पनि धन्यवाद ज्ञापन गर्दछु । अनि, समस्त विराटनगरबासीलाई हार्दिक धन्यवाद दिँदै अरू केही विशिष्ठ नामहरू छन्, जसलाई यहाँ उल्लेख गर्न असमर्थ रहेँ । ती नामहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top