×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026

जय शाह आईसीसीको अध्यक्ष बन्ने तयारीमा

६ भाद्र २०८१

६ भदौ ,एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्ष पद भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले सम्हाल्ने सम्भावना बढेको छ ।

आइसिसीको अध्यक्षका लागि यही अगस्ट २७ सम्म उम्मेदवारी दिइसक्नुपर्नेछ । आइसिसीको अध्यक्षमा अहिलेसम्म शाहबाहेक अरू कसैको पनि उम्मेदवारी परेको छैन ।

Advertisement

एकजनाभन्दा बढीको उम्मेदवारी परेमा अध्यक्षका लागि निर्वाचन हुनेछ । नयाँ अध्यक्षको कार्यकाल आगामी डिसेम्बर १ देखि सुरु हुने छ ।

अन्तर्राष्ट्रिय र भारतीय सञ्चारमाध्यमले जनाएअनुसार वर्तमान कार्य समितिमा राम्रो पकड भएकाले शाह नै आईसीसीको नयाँ अध्यक्ष चयन हुने लगभग तयजस्तै छ ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले आफ्नो दोस्रो कार्यकाल सकिएपछि पद छाड्ने घोषणा गरिसकेका छन् । बार्कलेको कार्यकाल यसै वर्ष नोभेम्बर ३० मा सकिँदै छ ।

२/२ वर्षमा आईसीसीको नयाँ कार्यसमिति चयन हुने प्रावधान छ । उनी सन् २०२० देखि नै आइसिसीको नेतृत्वमा छन् । आइसिसीको नियमअनुसार अध्यक्षको निर्वाचनमा १६ मत हुन्छ ।

अध्यक्ष निर्वाचित हुनका लागि साधारण बहुमत (५१%) अर्थात ९ मत आवश्यक पर्छ । यसअघि अध्यक्ष निर्वाचित हुन दुई तिहाइ बहुमत आवश्यक पर्ने प्रावधान थियो ।

यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले भारतका पूर्वफिल्डिङ प्रशिक्षक आर श्रीधरलाई आफ्नो टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

उनी न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा सहभागी हुनेछन् ।

उनी सन् २०१४ देखि २०२१ सम्म लगातार सात वर्ष भारतीय टोलीको फिल्डिङ प्रशिक्षक थिए । अफगानिस्तानले सेप्टेम्बरमा न्युजिल्यान्डसँग टेस्ट र त्यसपछि दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

टेस्ट म्याच भारतको ग्रेटर नोएडामा र एकदिवसीय सिरिज शारजाहमा खेलिनेछ ।

९० को दशकमा हैदरावादका लागि बायाँ हाते स्पिनरको रूपमा खेल्ने ५४ वर्षीय श्रीधरले सन् २००१ मा आफ्नो कोचिङ करिअर सुरु गरेका थिए । उनी २०१४ मा यु–१९ विश्वकपको लागि भारतीय जुनियर टोलीमा काम गरेका थिए ।

सोही वर्ष उनी आईपीएलमा किंग्स इलेभेन पञ्जाब टोलीमा पनि समावेश भए ।

Advertisement

त्यसपछि उनी यसै वर्ष भारतीय टोलीमा पनि आबद्द भएका थिए । श्रीधर लेभल–३ प्रमाणित प्रशिक्षक हुन् । एसीबीले श्रीधरलाई भविष्यमा लामो सम्झौता पनि दिनसक्ने बताएको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top