×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

ट्रम्प भर्सेस ह्यारिसः कसको पक्षमा को ? को छ बलियो ?

७ भाद्र २०८१

७ भदौ,एजेन्सी ।

संयुक्त राष्ट्र अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावले यतिबेला विश्वको ध्यान खिचिरहेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि उत्ति नै बढिरहेको छ । यसअघि अमेरिकी राष्ट्रपति बन्ने दौडमा इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवाररूबीच प्रतिस्पर्धा हुनेजस्तो देखिएको थियो ।

डेमोक्रेटहरूलाई वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि सत्तामा आउने त होइनन् भन्ने डरमा थिए । तर, २१ जुलाई भने चुनावी मैदानबाट एकाएक वर्तमान राष्ट्रपति जो बाइडेन आउट भए । यसले राष्ट्रपतीय निर्वाचनमा नयाँ ट्विस्ट आयो ।

राष्ट्रपतिको चुनावले त्यतिबेला नयाँ मोड लियो, जतिबेला बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई ‘प्रेसिडेन्ट’को उम्मेदवारका रूपमा अगाडि सारे । अनि, केही ढिलागरी भएपनि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि ह्यारिसलाई नै साथ दिएपछि त झन् चुनाव थप रोचक हुने देखिएको छ।

बाइडेन नै चुनावी मैदानमा उत्रिनेजस्तो छाँटकाँट देखिँदासम्म ट्रम्पको मुहारमा जितको लहरजस्तो देखिएको थियो । किनकि, ७८ वर्षीय ट्रम्पले बाइडेनको उमेरको मुद्दा उठाएर चुनावमा मतदाताको ध्यान खिच्ने ठानेका थिए ।

तर, ८१ वर्षका बाइडेनले आफू चुनावी ‘रेस’मा नगएर ५९ वर्षीय ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि एकाएक पाका उमेरका उम्मेदवार बन्न पुगेका ट्रम्प हिस्स परे । तर पनि, अमेरिकाको भावी राष्ट्रपति को हुने भन्नेमा ट्रम्प र ह्यारिसबीच ‘तँछाडमछाड’ अवस्था चलिरहेकै छ ।

तर, ह्यारिस पूर्वराष्ट्रपतिहरूको साथ र समर्थनले गर्दा ढुक्क छिन् । डेमोक्रेटिक नेसनल कन्भेन्सनको दोस्रो दिन पूर्वराष्ट्रपति ओबामाले कमला ह्यारिसलाई खुलेरै समर्थन गरे । यसअघि बाइडेन चुनाव लड्नेजस्तो देखिँदासम्म चुपचाप रहेका ओबामाले अहिले ह्यारिसको जित निश्चित रहेको दाबीका साथ उनलाई देशको भावी राष्ट्रपतिसम्म भनेका छन् ।

ह्यारिसलाई ओबामाको समर्थन भाषणका मञ्चमा मात्रै सीमित छैन। बहालवाला राष्ट्रपति बाइडेन पछि हटेपछि ह्यारिसले ओबामा प्रशासनका बेला ह्वाइटहाउसमा काम गरेका कयौँ सल्लाहकारहरूलाई पनि आफ्नो टिममा भित्र्याएकी छन्। यसअघि सन् २०२० राष्ट्रपतिको उम्मेदवार बन्ने ह्यारिसको योजना सफल भएको थिएन।

पछि उनी उपराष्ट्रपति निर्वाचित भइन्। अर्कोतर्फ, ओबामाको टोलीले भने दुईपटक ऐतिहासिक काम गरिसकेको छ। पहिलोपटक एक अश्वेत उम्मेदवारलाई राष्ट्रपतिमा जिताएर र दोस्रोपटक प्रतिकूल आर्थिक अवस्थामा ह्यारिसलाई पुनः जिताएर।

अमेरिकी राष्ट्रपतिमा लगातार दुईपटक बाजी मारेका ओबामाले यसो भनिरहँदायसपटक पनि सत्तामा डेमोक्रेटिक पार्टी नै नआउला भन्न सकिन्न । यदि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले विजयको झण्डा फहराइन भने अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने छिन् ।

साथै विश्व शक्ति राष्ट्र अमेरिकाको नेतृत्व पहिलो पटक महिलाले गर्ने छिन् । ह्यारिसलाई राष्ट्रपति बनाउनेगरी डेमोक्रेटिक एकढिक्का भइरहँदा ट्रम्पमाथि चर्को दबाब छ । तथापि, ह्यारिस र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिँदैछ।

केही सर्वेक्षणहरूमा ह्यारिस अगाडि देखिएकी छन्। तर, नतिजा फरक पार्ने राज्यहरूमा उनीहरूबीच कडा टक्कर रहेको बताइन्छ। अझ, ट्रम्पका अगाडि ह्यारिसलाई आफ्नो पारिवारिक पृष्ठभूमिले चुनावी दौडमा कठिन हुन्छ कि भन्ने पनि छ । किनकि, ह्यारिसका आमाबुबा दुवै आप्रवासी हुन् ।

उनकी आमा भारत र बुबा जमैकाका हुन् । उनको पृष्ठभूमिले मतदातामा कस्तो प्रभाव पार्छ, यसै भन्न कठिन छ । तर पनि ट्रम्पले चुनावमा आफू पछि पर्ने छनक पाइसकेका छन् । हार्ने सम्भावना देखेपछि पछिल्लो समय सामाजिक सञ्जाल र परम्परागत मिडियाकै सहायता लिइरहेका छन् ।

ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल ‘एक्स’ मा प्रत्यक्ष दखल राखेका छन् भने अरू परम्परागत मिडियाहरूको पनि उत्तिकै प्रयोग गरिरहेका छन् । आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउनेट्रम्पको योजना छ ।

पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् ।

ट्रम्पलाई चुनाव खर्चको जोहो समेत मस्कले नै गर्दै आएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top