×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

पाराओलम्पिक : क्वार्टरफाइनलबाट अगाडि बढ्न सकिनन् नेपालकी पलेशा

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिमा जारी पेरिस पाराओलम्पिक–२०२४ अन्तर्गत नेपालकी पलेशा गोबर्धन क्वार्टरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेल जितेर क्वार्टरफाइनल पुगेकी पलेशा अन्तिम आठको खेलमा भने पराजित भएकी हुन् ।

Advertisement

राउन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरुद्ध शुक्रबार ३१-० को जित निकालेकी थिइन् । तर, अन्तिम आठमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग उनले १०-८ को पराजय बेहोरिन् ।

क्वार्टरफाइनल खेल जितेकी भए पलेशाले कमसेकम कास्य पदक जित्ने पक्का थियो । तर, उनको पराजयले दोस्रो निराशा सिर्जना गरेको छ ।

यसअघि तेक्वान्दोमै नेपालका भरतसिंह महरा पहिलो चरणमै पराजित भएका थिए । तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकासँग भरत १९–३ ले पराजित भएका थिए ।

छनोट चरण पार गर्दै पलेशाले पेरिस पाराओलम्पिकमा प्रतिस्पर्धाका लागि छानिएकी उनीबाट पदकको अपेक्षा गरिएको थियो । तर, नेपालले जारी प्रतियोगितामा पनि रित्तो हात फर्किनुपर्ने देखिएको छ । हालसम्म नेपालले कुनै पनि ओलम्पिकमा पदक जित्न सकेको छैन ।

उनले गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । उनी छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

यसअघि चीनको हान्झाउमा भएको चौथो प्याराएसियाली खेलकुदमा तेक्वान्दोको के ४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले कांस्य पदक प्राप्त गरेकी थिइन् ।

टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् । उनले टोकियो पारा ओलम्पिकमा भने ‘वाइल्ड कार्ड’ मार्फतसहभागिता जनाएकी थिइन् ।

पलेशाले त्यतिबेला अमेरिकाकी ब्रियाना सालिनारालाई १० – ० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३ – १८ स्कोरले पराजित गरेकी थिइन् ।

टोकियो ओलम्पिकमा कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९-१२ स्कोरले पराजित भएकी थिइन् ।

पलेशा करिब एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी हुन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडी सहभागी भएका छन् ।

Advertisement

अब, खेल्न बाँकी भने पौडीका भीमबहादुर कुमाल हुन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । तेक्वान्दोका भरत र पारा पौडीका भीम भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका थिए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top