विराटनगर,असोज ५
विराटनगर महानगरपालीकाल मेयरसँग युवा विद्यार्थी अभियान संचालन गरेको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सामुदायिक विद्यालयमा शिक्षक योग्य र तालिम प्राप्त भएपनि विद्यार्थीहरुको सिकाई प्रभावकारी नभएको बताए ।
सामूदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र व्यवस्थापनको कमीकमजोरीका कारणले सामूदायिक विद्यालयको शिक्षा कमजोर रहेको उनको भनाई थियो ।
कार्यक्रममा विद्यार्थीहरुले प्रमुख पराजुलीसँग शिक्षा,स्वास्थ्य र विकास निर्माण लगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।
पराजुलीले विद्यार्थीका जिज्ञासामा एउटा कल्र्भट निर्माण गर्न एक वर्ष लाग्ने बताउँदै अहिले विराटनगर निर्माणको क्रममा रहेकाले आगामी ५ वर्ष भित्रमा गर्व गर्नलायक शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
महानगर क्षेत्रका २० वटा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।