NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री बुधबार अशोज २९ , २०८२
ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको बुधबार अशोज २९ , २०८२
युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै बुधबार अशोज २९ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा बुधबार अशोज २९ , २०८२
बझाङमा मध्यरातमा भू कम्प ,स्थानीय त्र सि त बुधबार अशोज २९ , २०८२
Next
Prev

समाचार

आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
माधव नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा बढी भाग खोज्दा चुनावी तालमेल असहजः प्रचण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ।

एमाले र कांग्रेसको पछिल्लो नयाँ सत्ता समीकरण बन्नुअघि नै एमालेका महासचिव शंकर पोखरेललगायतले अब नेपालमा राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा व्यापक रुपमा उठाए । अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाईरहँदा पनि उनी मुलुक अब दुई पार्टी सिस्टममा जानु पर्नेमा जोड दिइरहेका छन् ।

गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने तर राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । एमाले महासचिवले खुलेरै मुलुकमा अब धेरै राजनीतिक दल आवस्यक नरहेको बताइरहँदा यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि त्यसैको डर आफूलाई लागेको बताएका छन् ।

LS Auto

उनले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्नेमा पनि जोड दिएका छन् । आज पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि प्रचण्डले जोड दिएको उनको भनाई छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए । अध्यक्षसहित सिंगो माओवादीले दुई दलिय पार्टी सिस्टममा लैजान अहिलेको सरकार खासगरी एमाले र काँग्रेस लागि परेको र जनयुद्धलाई समेत हिंसा भन्दै आफूहरुमाथि कानूनी डण्डा चलाउन सक्ने आशंका गरिरहँदा यता एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैलाई संकेत गर्दै माओवादी केन्द्रमाथि टिप्पणी गरेका छन् ।

खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरता निम्त्याउन चलखेल बढाएको आरोप लगाएका छन् । मंगलबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा समसामयिक विषयमा ब्रिफिङ गर्दै ओलीले प्रचण्डमा कुनै बदलाव नआएको बताएका हुन् । ‘प्रचण्डको जहिलेपनि खेल्ने, खेलैखेल खेलेर कहिले को सँग कहिले कोसँग मिलेर सत्ता हत्याउने चरित्रमा कहिल्यै बदलाव आएन,’ प्रधानमन्त्री ओलीले बैठकमा भने ।

उनले प्रचण्डले पनि आफूहरूलाई धोका दिन लागेको थाहा पाएपछि सत्ता परिवर्तन गर्नपरेको पार्टी बैठकमा बताएका थिए । प्रचण्डको चरित्रबारे बोल्दै अध्यक्ष ओलीले अस्थिर, गैरजिम्मेवार, चिन्तन र सोचमा परिवर्तन नआएको लगायतका टिप्पणी गरे । ‘अस्थिर, गैरजिम्मेवार, चिन्तनमा परिवर्तन नआएको, सोचमा परिवर्तन नआएको, लोकतान्त्रिक बन्न नसकेको पात्र हुन्, प्रचण्ड’, बैठकमा ओलीले भनेका थिए ।

प्रचण्डले केही दिनअघि श्रीलंका र बंगलादेशमा जस्तै नेपालमा पनि जनता जाग्ने बेला भएको भन्दै सत्तारुढ दलहरुलाई सचेत रहन चेतावनी दिएका थिए । उनको यो चेतावनीलाई लिएर पनि ओलीले आक्रोस पोखे । नेपाल कहिले पनि श्रीलंका र बंगलादेश हुन नसक्ने बताए । यस्तै काँग्रेसका महामन्त्री गगन थापाले पनि प्रचण्डको सो अभिब्यक्ति उनीतर्फ पनि लागु हुने भन्दै यस्ता गैरजिम्मेवारपूर्ण अभिब्यक्ति नदिन र यसबारे सोच्न सुझाएका थिए ।

यस्तै ओलीले गत भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा आफू र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध भएको नाराबाजीमा पनि माओवादीको हात रहेको आशंका गरे । त्यस घटनामा तीन जनालाई पक्राउ गरिएको थियो । पक्राउको विरोध हुन थालेपछि उनीहरूलाई जनही ९ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।

यस्तै प्रकारका अरू अराजक र अनुशासनहीन गतिविधि अन्य ठाउँमा पनि हुन सक्ने ओलीले संकेत गरे । यसको प्रतिवादका लागि तयार रहन पनि उनले निर्देशन दिए । अध्यक्ष ओलीले प्रचण्डलाई लक्षित गर्दै सत्ताबाट हट्नुपरेको पीडा विभिन्न रूपमा प्रकट गर्न थालेको बताएका थिए । ओलीले प्रचण्ड र माओवादीका बारेमा यस्ता टिप्पणी गरिरहँदा यता माओवादीले भने सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको बताएको छ ।

अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्ष चर्काउने तयारीमा आफूहरु रहेको बताएका हुन् । सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए ।

उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसको विरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि बताए । कांग्रेस एमाले नेतृत्वको सरकार इमान्दार नभएकाले विभिन्न कार्यक्रममा प्रधानमन्त्री र सत्ता साझेदार नेताका विरुद्धमा जनमत उर्लिन थालेको उनको दाबी थियो ।

Tags: #पुष्पकमल दाहाल#प्रचण्ड#माओवादी केन्द्र

लोकप्रीय

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२

विचार

थप समाचार

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा
खेलकुद

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

बुधबार अशोज २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

बुधबार अशोज २९ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

बुधबार अशोज २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.